सराेकारवालाद्वारा बालबिवाह न्युनिकरण परियोजनाकाे संयुक्त अनुगमन

गुलरिया । प्लान इन्टरनेशनल नेपाल तथा भेरी बातावरणीय बिशिष्टता समुह बि ग्रुपको साझेदारीमा संचालित बालविवाह न्युनिकरण परियोजना अन्तरगत गेरुवा गाउँपालीकाको समन्वयमा परियोजना मार्फत संचालन भएका सरस्वती आधारभुत बिधालय गेरुवा गाउँपालीका वडा नं ४ जोगिगाँउ र सरस्वती आधारभुत बिधालय गेरुवा ३ बनकट्टीमा गाउँपालीकाका जनप्रतिनिधि तथा बिषयगत शाखाका शाखा प्रमुख र सस्थाका कार्यसमिती पदाधिकारी एवम कर्मचारिहरुवाट संयुक्त रुपमा अनुगमन निरिक्षण सम्पन्न भएको छ ।

परियोजना मार्फत बिधालयमा भएका कृयाकलाप र यसबाट प्राप्त अपेक्षित उपलब्धीका बिषयमा छलफल गरिएको थियो । अनुगमनका क्रममा बिधालयका प्राधानाध्यापक नारायण पौडेल बाट प्लान इन्टरनेशनल नेपाल तथा बि ग्रुपको साझेदारिमा बिधालय तहमा बिधालयको आचारसंहीता र बाल संरक्षण नीति निर्माण गरी यसका बारेमा अधिकांश शिक्षक बिद्यार्थीहरु बि.व्य.स. र शि.अ.सं सदस्यहरुलाई थाहा जानकरी गराइ प्रभावकारी रुपमा कार्यान्वयन गरिएको छ ।बिद्यालयमा बालबालिकाहरुको समस्या सुन्नकालागि फोकल शिक्षकको व्यवस्था गरी बिद्यालयमा गुनासो पेटिकाको ब्यवस्था गरि प्राप्त हुने गुनासोहरुलाइ सुनुवाई समिति मार्फत गुनासो अभिलेखिकरण गरि सुनवाइको ब्यबस्था गर्ने प्रयास गरेको बताउनु भयो ।

विद्यालयमा आधारित विपद् व्यवस्थापन योजना, निर्माण गरि बिधालय सुधार योजनामा अध्यावधिक गर्ने कार्यमा बिधालय लागी परेको बताउदै बिद्यालय र कक्षाकोठामा सकारात्मक र विभेद रहीत सिकाईको वातावरण सुजनाका लागी, बिद्यालयमा समाशेशि रुपमा बाल क्लब गठन गरि बाल क्लबले सक्रिय रुपमा काम बिधालयमा बसी बाल क्लबको बार्षिक कार्ययोजना निर्माण गरि बालसंरक्षणका मुद्धामा छलफल गर्ने र पैरवी अभियानका क्रियाकलापहरु संचालन का लागी बिधालय परिवार यसको नेतृत्वदाइ भुमिका गरिरहेको बताउनुभयो ।

बालिकाहरुको महिनावारी भएको बेला बिधालयमा अनुपस्थित हुने दरलाइ घटाउनका लागी बिधालयममा आराम गर्ने कोठा तथा स्यानीटरी प्याड बिधालयले उपलब्ध तथा ब्यबस्थापन गरेको र अझ यसलाइ ब्यबस्थीत गर्नका लागी बिधालयले आबश्यक पुर्वाधार तथा सामाग्रीको उपलब्धताको लागी पैरवी गरेको बताउनु भयो ।बिद्यालयले आफ्नो कार्य क्षेत्र भित्रको बिद्यालय उमेरका बालबालिकाहरुको बिद्यालय बाहीर रहे नरहेको यसको एकिन गरि सबै बालबालीकाहरुको बिधालयमा पहुच पुयाउनका लागी बिधालय परिवार लागी परेको बताउनु भयो ।

अनुगमनका क्रममा गेरुवा गाउँपालीकाले बाल विवाह न्युनिरणका लागी गरेका प्रयास तथा आगामी दिनमा बाल विवाह निरुसाहित तथा यसको कार्यान्वनका लागी पालीका स्तरमा योजना निर्माण गरि बजेटमा ल्याउन लागेको कार्यक्रमसंग सहकार्य गरि जान तयार रहेको र बि.ग्रुपले गरेको कार्यक्रम बिपन्न समुदाय तथा आबश्यकताको आधारमा काम गरीरहेको गेरुवा गाउपालीका अध्यक्ष जमानसिंह के.सीले बताउनु भयो ।

शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नवराज अधिकारीले सस्थाले बिगत १८ महिनादेखि बालीकाहरुको गुणस्तरीय शिक्षा र बिधालयमा नियमित उपस्थीती र टिकाइराख्नका लागी सस्थाले गरेका कार्यक्रमहरुमा प्रत्यक्ष सहभागीता हुने र सहजिकरण गर्ने काम गरिरहेको र परियोजना संचालन भएका बिधालयको आचारसंहिता निर्माण, गुनासो सुनवाई संयन्त्र, बिधालयको बृहत्तर सुरक्षा योजना बारे एकरुपता ल्याउनका लागी कार्ययोजना निर्माण गरि काम गरिरहेको बताउनु भयो ।सस्थाले निर्माण गरिरहेको वालमैत्री तथा लैगिक अपागंता मैत्री निर्माणधिन शौचालय र परियोजना बाट सहयोग भएको ब्यबसाय संचालन गर्नुभएको प्रतिमा चौधरी को खाजाघर अनुगमन निरिक्षण गरिएको छ ।

अनुगमनका क्रममा गेरुवा गाउँपालीका तर्फदेखि गाउँपालीका अध्यक्ष जमानसिंह के.सी गाउँपालीका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी प्रमुख प्रशासकिय अधिकृत बस बहादुर राना,शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख श्री नवराज अधिकारी, स्वास्थ्य शाखा प्रमुख श्री नारायण प्रसाद भण्डारी सस्थाको तर्फदेखि अध्यक्ष टेक बहादुर पुन, कार्यकारणि निर्देशक डम्मर सुनार कार्यक्रम प्रबन्धक श्री बिर्खराज उपाध्याय प्राबिधिक संयोजक लक्ष्मी प्रसाद शर्मा, स्वरोजगार संयोजक श्री कुलराज दहितको सहभागीता रहेको थियो ।

Previous articleसाउदी अरेबियामा ३ जनालाई मृत्युदण्ड
Next articleनेपालगन्ज अब राती ११ बजेसम्म खुल्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here