कोहलपुर शिक्षा शाखामा अनिश्चितकालिन तालाबन्दी

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा अनिश्चितकालिन तालाबन्दी गरिएको छ । आफ्ना मागहरु पुरा नभएको भन्दै अनेरास्ववियू (क्रान्तिकारी) ले सो शाखा अनिश्चितकालिन तालाबन्दी गरेको हो ।

८ बुँदामा रहेका मागहरु सम्बोधन नभएसम्म लगाइएको तालाबन्दी तोडफोड गरिए वा अन्य कुनै गतिविधि भएमा त्यसको क्षति स्वयं शाखाले व्यहोर्ने अनेरास्ववियू (क्रान्तिकारी) बाँकेका संयोजक विश्वजितले बताउनुभयो ।

‘महिनौं पुगिसक्दा समेत स्थानीय सरकार र त्यसको शिक्षा शाखाले उक्त मागहरुप्रति सामान्य छलफल र बहसद्धारा हल नै नगरी वेवास्था गर्नुले शैक्षिक व्यापारीप्रति स्थानीय सरकारको लचकता, निरिहता र शिक्षाप्रतिको गैरजिम्मेवारपुर्ण रबैया प्रकट गरेको छ,’ ‘यसप्रति हाम्रो संगठनलाई थप गम्भीर एवम् आक्रोशित बनाउदैं दोस्रो चरणको संघर्षको कार्यक्रम अन्तर्गत स्थानीय शाखामा तालाबन्दी गरेका हौं,’ उहाँले भन्नुभयो ।

यस्तै शिक्षा शाखा प्रमुख रामबहादुर हमालले नगर शिक्षा शाखा अन्तर्गत नभएको, नगरपालिका र राष्ट्रिय स्तरबाट सम्बोधन हुने खाल्का मागहरु भएकोले यहाँबाट समन्वय मात्र गरिरहेका बताउनुभयो ।

यस्ता छन मागहरु

Previous articleनेपालगन्जले ‘घरदेखि अस्पतालसम्म’ निःशुल्क एम्बुलेन्स संचालन गर्दै
Next articleयही असार १५ गते रोपाई महोत्सवको तेस्रो संस्करण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here