
नेपालगन्ज । एसओएसको ३७ औं अन्र्तराष्ट्रिय दिवसको अवसरमा शुक्रवार एसओएस युवालय नेपालगन्जले रक्तदान गरेको छ । सो कार्यक्रममा महिला पुरुष गरी ३५ जनाले रक्तदान गरेका छन् ।
३७ औं एसओएसको अन्र्तराष्ट्रिय दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा एसओएस युवालय नेपालगन्जका नायब निर्देशक तुलाराम बिश्वास, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके शाखाकी अध्यक्ष दिला शाहले संयुक्तरुपमा रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्राविधिक तथा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके शाखा सदस्य होमराज गिरीलाई हस्तान्तरण गरी कार्यक्रमको उदघाटन गर्नुभएको थियो ।
नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके शाखा, जनमत अद्र्ध साप्ताहिकको संयोजनमा गरिएको रक्तदान कार्यक्रममा एसओएस युवालय नेपालगन्जका सहायक निर्देशकद्वय लक्षमण कार्की, मीना कुमारी भुषाल(तुलाधर), नेपाल स्वयंसेवी रक्तदाता समाज उप-शाखा राप्तीसोनारीकी अध्यक्ष दिव्या गुरुङ्ग, श्याम बहादुर थारु, बिकास शाही, दिपेन्द्र शाही, हिम बहादुर ओली, कृष्ण प्रसाद खत्री, मनोज चौधरी, हमीद हुसेन अन्सारी, प्रतिक चन्द, सद्दाद हुसेन दर्जी, कमल बोहरा, रमन ढुंगाना, नियमित स्वयंसेवी रक्तदाता लक्षमण कुमार बैश्य, राजेन्द्र लोध, सुन्दर परियार, हंशराज वर्मा, सरोज मरासैनी, योगराज चौधरी(योगेश), अञ्जली ओली, बिजय थारु, कालुराम चौधरी, मोहम्मद आदिल साई, पुष्कर कुमार जरवट, सावन थारु, मीरा थारु, बिष्णु ओली, सुरज ओली, चन्द्र बहादुर चौधरी, बासुदेव चौधरी, सुरज लामा, गणेश जिएम, झग्गु प्रसाद, पे्रम कार्की लगायत ३५ जनाले रक्तदान गर्नुभएको छ ।
सो रक्तदान कार्यक्रममा एसओएस युवालय नेपालगन्जका नायब निर्देशक बिश्वास, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके शाखाकी अध्यक्ष शाह, सल्लाहकार तथा जनमत अद्र्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुके, शंकर प्रसाद खनाल, पवन जायसवाल लगायतको उपस्थित रहेको थियो । रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका गिरी, महेश राना, सञ्जय बढही, केशर सिंह डाँगी लगायतले प्राविधिकमा सहयोग गर्नुभएको थियो ।





