अबैध बालुवा उत्खनन गर्ने वडाध्यक्षसहितका दुई ट्याक्टर पक्राउ

नेपालगन्ज । खोला बन्द भएको बेला अबैध बालुवा उत्खनन गरि ल्याउदै गरेको दुई वटा ट्रयाक्टर पक्राउ परेका छन ।

डुडुवा गाउँपालिका वडा नं-५ का वडा अध्यक्ष झंकबहादुर थापा र गोकुल सामुदायिक बन उपभोक्ता समुह कम्दीका अध्यक्ष टुन्नु भन्ने राजेश यादवको ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।

जिल्ला समन्वय समितिको एक टोलीले डुडुवा-५ खजुरा गौढी खोलाबाट अबैध बालुवा उत्खनन गरि ल्याउदै गर्दा ट्रयाक्टरलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कम्दीले जनाएको छ ।

प्रहरी चौकीका इन्चार्ज विष्णु शाहीका अनुसार स्थानीयले दिएको सूचनाको आधारमा समन्वय समितिको सहयोगमा ट्रयाक्टर नियन्त्रणमा लिएको हो ।

जेठ ३२ गतेदेखि नदीजन्य पदार्थ उत्खनन तथा ओसार पोसार बन्द भएको बेला वडाध्यक्ष र बनका अध्यक्षको दुई वटा ट्रयाक्टर नियन्त्रणमा लिइएको हो ।

प्रक्राउ परेका ट्रयाक्टरलाई कारवाही गरि जरिवाना असुल्ने छ । कम्दीस्थित खोलाबाट अबैध उत्खननको कार्यलाई यसपटक गाउँपालिका र प्रहरीले विशेष निगरानी गरेका छन ।

गाउँपालिकाले नदीजन्य पदार्थको अबैध उत्खनन गरी ल्याउने टिप्पर, ट्रयाक्टरलाई नियन्त्रणमा लिइ कडा कारवाही गर्ने जनाएको छ ।

अबैध उत्खनन गर्ने बारेमा सूचना दिने व्यक्तीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

Previous articleजानकीको नीति तथा कार्यक्रम प्रस्तुत, आगामी वर्ष ४६ करोडको बजेट
Next articleएसओएस युवालय नेपालगन्जद्धारा रक्तदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here