बाँकेमा शुरु भयो खाना अभियान


बाँके । माइती नेपालले बाँकेमा खाना अभियान शुरु गरेको छ । बन्दाबन्दीको समयमा समस्यामा परेकाहरुका लागि माइती नेपालले मंगलबारदेखि बिहानको एक छाक खाना अभियान शुरु गरेको हो ।

लामो समयको बन्दाबन्दीका कारण दैनिक ज्यालादारी, मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका परिवारलाई भोक मेटाउन कठिन भएको छ । बर्तमान अवस्थामा बजार, व्यवसाय संचालन भएपनि गरिब बिपन्न परिवारलाई जीवननिर्वाह गर्न गाह्रो भइरहेको छ ।

यस्तो समस्यामा परेका परिवार, व्यक्तिका लागि एक छाक खाना अभियान संचालन गरेको माइती नेपालका संयोजक केशव कोईरालाले जानकारी दिनुभयो । ‘पहिलाकै जस्तै पूर्णरुपमा सबैको जीवनचर्या फर्किसकेको छैन । यो समय अन्य कुरामा पनि गरिब बिपन्न परिवारलाई गाह्रो भएको छ ।

’संयोजक कोइरालाले भन्नुभयो, यस अवस्थामा बाँच्नकालागि चाहिने खानाको जोहो गर्न समेत कठिन भएकाले बिहानको एक छाक खाना अभियान संचालन गरेकाहौं । यो अभियान जिल्लाको बिभिन्न क्षेत्रमा संचालन गरिने छ । यसमा खासगरी महिला तथा बालबालिकालाई बिहानको एक छाना खानादिने गरिएको छ ।

माइती नेपाल, UN Woman को सहयोग र स्थानीय सरकारको सहकार्यमा सामुदायिक भान्छाद्धारा तयार गरिएको पौष्टिक खाना बितरण थालिएको संस्थाले जनाएको छ । एक छाक खाना अभियानमा दैनिकदुई सय ५० जनालाई खाना खुवाइने संयोजक कोइरालाले बताउनुभयो ।

उहाँका अनुसार बाँकेका करिब १४ हजार बढी महिला तथा बालबालिकाहरुलाई खाना खुवाइने छ । अभियानको पहिलो दिन मंगलबार नेपालगञ्जका तीन स्थानमा खाना बितरण गरिएको छ । मंगलबार बिहान नेपालगञ्ज क्वारेन्टिनमा ६० जना, वडा नं १२ बेलासपुरमा एक सय ८५ जना र निलसागर बृद्धाश्रममा ८५ जनालाई गरी तीन सय ३० जनालाई खाना उपलब्ध गराइएको छ । खाना बितरण कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments