समाजसेवी बर्माद्धारा श्री १००८ हडिया बाबा आश्रम समितिको सदस्य पदबाट राजीनामा

नेपालगञ्ज । नेपालगञ्जस्थित सामाजसेवी माधवराम बर्माले श्री १००८ हडिया बाबा आश्रम समिति नेपालगञ्जको सदस्य पदबाट राजीनामा दिनुभएको छ ।

नेपालगञ्ज वडा नं ६ स्थित आश्रमलाई आफुले समय दिन नसक्दै भन्दै शनिबार राजीनामा पत्र लेखेर सदस्य पदबाट राजीनामा दिनुभएको हो ।

२०७७ सालमा समितिको सदस्यमा सर्वसम्मत निर्वाचित भएर लाग्नुभएका समाजसेवी बर्माले हालसम्मको जिम्मेवारीलाई इमानदारितापुर्वक पुरा गरेको र त्यसको मुल्याँकन समितिले भविष्यमा गर्ने नै होला भन्दै मिति २०८० असार ९ गतेबाट आफ्नो पद त्या गरेको स्पष्ट पार्नुभएको छ ।

घरयासी कार्य व्यस्तताका कारण आश्रमलाई समय दिन असर्थ भएकोले पदबाट राजीनामा दिएको समाजसेवी बर्माले स्पष्ट पार्नुभयो ।

Previous articleयोग गुरु भट्टराईको जन्मोत्सवमा रक्तदान
Next articleसिकाईमा सुधारका लागि उपचारात्मक कक्षा संचालन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here