योग गुरु भट्टराईको जन्मोत्सवमा रक्तदान

नेपालगञ्ज । योग समिति नेपालका योग गुरु गिरिराज भट्टराईको जन्मोत्सवको अवसरमा नेपालगञ्जमा रक्तदान कार्यक्रम गरिएको छ ।

जन्मदिनलाई बिशेष मनाउन तथा सामाजिक कार्यमा सहयोग पुर्याउन जन्मोत्सवको अवसरमा शनिबार रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

योग गुरु भट्टराई तथा नेपाल रेडक्रस सोसाईटी बाँके शाखा सभापति गोवर्धन सिंह सम्झानाले संयुक्त रुपमा रगत संकलन गर्ने प्याकेट रक्तदाता निर्मला शाह र अम्बिका कोईरालालाई हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरिएको थियो ।

जन्मोत्सवको अवसरमा रक्तदान समेत गर्नुभएका योग गुरु भट्टराईले स्वस्थ मानिसको शरीरमा प्रत्येक तीन तीन महिनामा पुरानो रक्तकोष नष्ट भइ नयाँ रक्तकोषिका निर्माण हुने भएकाले सबैले रक्तदान गरि समुदायका अन्य मानिसको ज्यान जोगाउन मद्दत पुर्याउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले तीन महिनामा स्वतः नष्ट हुने रगतलाई समयमै सदुपयोग गर्नका लागि रक्तदान गर्नु उत्तम हुने बताउनुभयो । योग प्रशिक्षक प्रेम केसीको संयोजनमा भएको कार्यक्रममा ६० जना बढिले रक्तदान गर्नुभएको छ ।

भेरी अस्पताल परिसरमा रहेको रक्त संचार सेवा केन्द्रमा भएको कार्यक्रममा समितिका सल्लाहकार अधिवक्ता बिश्वजित तिवारी लगायतको उपस्थिति भएको योग प्रशिक्षक सुमित्रा सुबेदीले जानकारी दिनुभयो ।

Previous articleनेपालगञ्जको आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तब्य (पुर्ण बिवरणसहित)
Next articleसमाजसेवी बर्माद्धारा श्री १००८ हडिया बाबा आश्रम समितिको सदस्य पदबाट राजीनामा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here