भाटभटेनी सुपर मार्केटका सञ्चालक पक्राउ

काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पर्नुभएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले ललित निवास जग्गा प्रकरणमा गुरुङलाई नक्सालस्थित निवासबाट पक्राउ गरेको हो ।

२०७७ माघमा विशेष अदालतको सरकारी जग्गा व्यक्तिको नाममा परेको मुद्दामा गुरुङलाई २ करोड धरौटीमा छोडेको थियो । अहिले कीर्ते मुद्दामा सीआईबीले अनुसन्धान गरिरहेको छ । त्यही क्रममा गुरुङ पक्राउ पर्नुभएको हो ।

Previous articleसिकाईमा सुधारका लागि उपचारात्मक कक्षा संचालन
Next articleअनियमितताको जनगुनासोपछि प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको विवरण माग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here