अनियमितताको जनगुनासोपछि प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको विवरण माग

नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत ठुलो रकम अनियमितता भएको कुरा सार्वजनिक भएपछि सो कार्यक्रमको बारेमा सम्पूर्ण विवरण माग गरिएको छ । जिल्लाको नरैनापुर गाउँपालिकामा सो कार्यक्रम अन्तर्गत अनियमितता भएको जनगुनासो आएपछि सो कार्यक्रमको बारेमा मंगलबार सूचना माग गरिएको हो ।

सुचनाको हक सम्बन्धी ऐन २०६४ र नेपालको संविधान २०७२ को धारा २७ अनुसार सूचना अभियन्ता बाँके नरैनापुर-१ का अरुण तिवारीले सूचना माग गर्नुभएको छ । नागरिकको थाहा पाउने अधिकार अन्र्तगत तिवारीले सो विषयमा भएको अनियमितताबारे अध्ययन तथा अनुसन्धान गर्नका लागि सूचना माग गर्नुभएको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको कुल बजेट, काम गर्ने मजदुरको संख्या, दर रेट, के कति काम गरेको, र कति पारिश्रमिक पाएको लगायतविषयमा सूचना माग गरिएको हो । नरैनापुर गाउँपालिकासंग माग गरिएको सूचनाको निवेदन पठाइएको छ ।

पछिल्लो समय राज्यका धेरै निकायहरुमा आर्थिक अनियमितता हुने गरेको जनगुनासो बढी आउने गरेको छ । स्थानीय तहहरुमा अलि बढी अनियमितताका घटना बाहिर आउने गरेको छ ।

नरैनापुरमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा कामदारलाई काम नै नगराइ काम गरेको देखाई ठूलो रकम हिनामिना गरिएको समाचारले प्रत्यक्ष रुपमा भ्रष्टाचार बढेको देखाएको छ ।

Previous articleभाटभटेनी सुपर मार्केटका सञ्चालक पक्राउ
Next articleहेण्ड बासिङ स्टेशन हस्तान्तरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here