बर्दियामा हिरासतबाट फरार दुई जना पक्राउ

गुलरिया । बर्दियामा इलाका प्रहरी कार्यालय ढोडरीको हिरासतबाट फरार दुई जना शनिबार पक्राउ परेका छन् ।

शुक्रबार बिहान हिरासतबाट भागेका बर्दियाको मधुवन नगरपालिका-५ का १९ वर्षका अजय नेपाली र २० वर्षका राजा नेपाली शनिबार विहान पौने एक बजे पक्राउ परेका हुन् ।

उनीहरु ज्यान मार्ने उद्योग मुद्दामा असार ८ गते पक्राउ परेका थिए । उनीहरुलाई मधुवन नगरपालिका-५ को बेलझुण्डी सामुदायिक वन क्षेत्रबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिनुभयो ।

Previous articleनरैनापुरमा रंगशालाको निर्माण कार्य अन्तिम चरणमा
Next articleश्री एअरलाइन्सका आजका उडान स्थगित, सबै जहाज जाँच गर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here