श्री एअरलाइन्सका आजका उडान स्थगित, सबै जहाज जाँच गर्ने

काठमाण्डौ । श्री एअरलाइन्सले आजका सबै उडान स्थगित गरेको छ ।

विभिन्न जहाजमा पटक पटक प्राविधिक समस्या देखिएपछि श्री एअरलाइन्सले आजका सबै उडान बन्द गरेको प्रवक्ता अनिल मानन्धरले जानकारी दिनुभयो ।

हिजो पनि काठमाण्डौबाट धनगढी उडेको जहाज अवतरण नगरी पुन काठमाण्डौ नै फर्किएको थियो ।

‘आज सबै जहाजलाई ग्राउन्डेड गरेर राम्रोसँग जाँच गर्छौँ, भोलिदेखि नियमित उडान शुरु हुन्छ,’ मानन्धरले भन्नुभयो ।

आजको लागि टिकट काटेका यात्रुलाई अरु जहाजमा पठाउने र पैसा फिर्ता गर्ने पनि उहाँले जानकारी दिनुभयो । श्री एअरलाइन्ससँग अहिले ८ वटा जहाज रहेका छन् ।

Previous articleबर्दियामा हिरासतबाट फरार दुई जना पक्राउ
Next articleराप्ती नदीमा फसेका ६ जना गोठालासहित ७८ वटा बाख्राको उद्धार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here