श्री लोकतान्त्रिक प्राबिमा लक्षित बिद्यार्थीलाई छात्रबृति बितरण

नेपालगञ्ज । जानकी गाउँपालिका वडा नं-५ राम गाउँस्थित श्री लोकतान्त्रिक प्राथमिक बिद्यालयमा अध्ययनरत लक्षित बिद्यार्थीलाई छात्रबृति बितरण गरिएको छ ।

आइतबार बिद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, बिद्यालय प्रशासन तथा शिक्षक, कर्मचारीहरुको रोहबरमा छात्रबृति बितरण गरिएको हो ।

बिद्यालयमा रहेका दलित छात्रछात्रा र जनजातीहरु समूह रहेका लक्षित बिद्यार्थीहरुको अभिभावकलाई सो छात्रबृति रकम प्रदान गरिएको थियो ।

सो कार्यक्रममा बिधालय ब्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण प्रसाद चमार, सदस्यहरु मुन्नालाल महरा, कमल प्रसाद राढ, माधुरी राढ, गौमती चमार, बिष्णुमोहनी चमार, अभिभावक संघका अध्यक्ष मनमोहन बर्मा, सदस्य रामदास चमार, सम्मारा चमार, संगिता चमार, सरिता राढ, प्रधानाध्यापक ओमप्रकाश बिश्वाकर्मा तथा शिक्षक मिना नाथ, द्वरिका सिंह, बिना कुमारी पाठक, समिना सिधिकी लगायत कर्मचारीको उपस्थिति रहेको थियो ।

जानकी गाउँपालिकाको शिक्षा शाखामार्फत बिद्यालयलाई प्राप्त ८८ जना बालबालिकाहरुको छात्रबृतिबापतको रकम बितरण गरिएको अभिभावक संघका अध्यक्ष बर्माले जानकारी दिनुभयो । छात्रबृति पाउने प्रत्येक बिद्यार्थीलाई चार सयका दरले बितरण गरिएको छ ।

Previous articleराप्ती नदीमा फसेका ६ जना गोठालासहित ७८ वटा बाख्राको उद्धार
Next articleकोरी कल्याण समाजको अध्यक्षमा पुनः रामशंकर माधवदास

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here