राप्ती नदीमा फसेका ६ जना गोठालासहित ७८ वटा बाख्राको उद्धार

फाईल तस्बिर

नेपालगञ्ज । बाँकेमा बाख्रा चराउन गएर राप्ती नदीको भँगालोमा फसेका ६ जनाको उद्धार भएको छ।

राप्ती सोनारी गाउँपालिका-२ मा बाख्रा चराउन गएका ६ जना शनिबार दिउँसोदेखि राप्तीको भँगालोमा फसेका थिए ।

प्रमुख जिल्ला अधिकारी विपिन आचार्यसहित सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले गएराती साढे १० बजे उनीहरुको उद्धार गरेको हो ।

बाख्रा चराउन गएका बेला एक्कासी नदीको बहाव बढेपछि उनीहरु फसेका थिए । ६ जनासँगै ७८ वटा बाख्राको पनि उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो ।

बाख्राको उद्धार नगरेसम्म आफूहरु पनि कतै नजाने अडान लिएपछि सुरक्षाकर्मीको रबर बोटमार्फत मान्छे र बाख्राको उद्धार भएको हो ।

Previous articleश्री एअरलाइन्सका आजका उडान स्थगित, सबै जहाज जाँच गर्ने
Next articleश्री लोकतान्त्रिक प्राबिमा लक्षित बिद्यार्थीलाई छात्रबृति बितरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here