बिद्यालय राजनीतिक अखडा : संघमा सहभागि गराउन पार्टीलाई पत्र

नेपालगञ्ज । कुुनैबेला शसश्त्र द्धन्दमा शसस्त्र प्रहरी बलद्धारा बिस्थापित भएर त, कहिले जिल्ला मै एसएलसि परीक्षामा उत्कृष्ट नतिजा ल्याएर प्रसिद्धि कमाएको कोहलपुुर नगरपालिका वडा नं. ४ स्थित सगरमाथा ज्ञानपुञ्ज मा.वि यतिबेला पुुनःचर्चामा आएको छ ।

यस पटक भने कुुनै उत्कृष्ट नतिजाका कारण नभए विद्यालयका प्रधानाध्यापकका कारण चर्चामा रहेको छ । बिद्यालयमा शिक्षक अभिभावक संघ गठन प्रक्रियाको एउटा नमूना कार्यका कारण चर्चामा रहेको हो ।

विद्यालयमा शिक्षक अभिभावक संघ गठन प्रक्रियामा प्रधानाध्याक मोहन चौधरीले देखाएको हस्तक्षेपले बिद्यालयमा देखिएको नकारात्मक प्रभावका बिषयमा सार्वजनिक रुपमा प्रश्न उठिरहेको छ ।

प्रधानाध्यापकले राजनीतिक दललाई लेखेको पत्र नै चर्चाको कारण रहेको छ । विद्यालयका प्रधानाध्यापकले पार्टी प्रतिनिधिहरुलाई लेखेको पत्रमा पहिला नै गठन गरिएको शिक्षक अभिभावक संघमा ने.क.पा. एमाले तथा माओवादीको मात्र प्रतिनिधि समावेश भएको र अन्य पार्टीका प्रतिनिधि नभएकोले अन्य पार्टीलाई समेत समावेश गर्न संघ पुर्न गठनका लागि पत्र पठाइएको छ ।

नेपालको विद्यालय र शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेपका कारण गुुणस्तर खस्किँदै गएको चर्कोरुपमा बिरोध भइरहँदा यस बिद्यालयका प्रधानाध्यापकले अमुुक पार्टीको प्रवक्ताको भूमिका खेलेर पत्र लेखेपछि यो बिषय आलोचनाम्क हुन पुगेको छ ।

प्राप्त जानकारी अनुसार अभिभावक र शिक्षकको सहभागिता रहने गरी अभिभावक संघ गठनका लागि २०७९ चैत्र ९ गते दलीय प्रतिनिधिको उपस्थितीमा भएको सहमति अनुुसार स्थानीयस्तरमा सक्रिय प्रमुख दल मध्य नेपाली काँग्रेसको प्रतिनिधि संघमा नभएकोले समाबेश गरेर गठन गर्नका लागि प्रधानाध्यापकले पुुनः पत्र काटेको देखिएको छ ।

राजनीतिक दलहरुले बिद्यालयहरुमा हस्तक्षेप गरिरहँदा विद्यालयको प्रशासनिक जिम्मेवारी सम्हालेका प्रधानाध्यापक नै राजिनिक दलको इसारामा बिद्यालय सञ्चालन गर्न खोज्नुुले आलोचकहरुलाई थप आलोचना गर्ने मौका मिलेको छ ।

बिद्यालयमा कुनै पनि पार्र्टीको व्यक्ति सहभागि हुन नपाउने गरि निर्माण हुने संघमा यसरी राजनीतिक पार्टीलाई निमन्त्रणा गर्न मिल्छ ? किन यस्तो पत्र लेखिएको भन्ने प्रश्नमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन पोड्यलले आफुलाई यस बिषयमा जानकारी नभएको प्रतिक्रिया दिनुभएको छ ।

समिति भनेको बिद्यालयमा आवश्यक चिजको व्यवस्थापन गर्ने र पछिल्लो समय समितिको अधिकार कटौती भएको बताउँदै अध्यक्ष पौड्यलले यस बिषयमा बिद्यालय प्रशासनले जानकारी दिनुपर्ने बताउनुभयो ।

बिद्यालयमा देखिएको राजनीतिक हस्तक्षेपले बिद्यालय राजनीतिक अखडाका रुपमा रहेको समेत संकेत गरेको छ । पुर्न गठन गर्न लागिएको संघमा राजनीतिक पार्टीको सहभागिता के कति नियमले पाउने ? सोध्न बिद्यालयका प्रधानाध्यापक चौधरीको सम्पर्क नम्बर ९८५८०३२४४९ मा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

Previous articleलुम्बिनी प्रदेशको बजेट बहुमतले पारित
Next articleनेपालगञ्ज-७ मा मानसिक रोग तथा लागू औषधसम्बन्धि निःशुल्क स्वास्थ्य परीक्षण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here