नेपालगञ्ज-७ मा मानसिक रोग तथा लागू औषधसम्बन्धि निःशुल्क स्वास्थ्य परीक्षण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ मा मानसिक रोग र लागू अ‍ैषध लक्षित एक दिने निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा भएको शिबिरमा ७० जनाले सेवा लिएका हुन ।

शिबिरमा भेरी अस्पतालका कन्सल्टेन्ट फिजिशियन डा.सुभाष जिसी, नेपालगञ्ज मेडिकल कलेजका कन्सल्टेन्ट न्युरोफिजियाट्रिष्ट (नशा तथा मनोरोग विशेषज्ञ) डा.मोहम्मद ऐनुद्दीन बागवानले स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।लागू औषध विरुद्ध निःशुल्क परामर्श केन्द्र, नेपालगञ्जको आयोजना र नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ को आर्थिक सहयोग तथा जिल्ला प्रहरी कार्यालय बाँके, सामुदायिक प्रहरी सेवा केन्द्र बाँके, एन.भी.युथ ग्रुप नेपालगञ्ज, मानवता नेपाल बाँकेको समन्वयमा सो स्वास्थ्य शिबिर संचालन गरिएको थियो । सेवा लिएका बिरामीलाई चाहिने एक सातासम्मको औषधी यशोदा फार्मेसी नेपालगञ्जले निःशुल्क रुपमा उपलब्ध गराएको छ ।

लागू औषध विरुद्ध निःशुल्क प्ररामर्श केन्द्र बाँकेका अध्यक्ष दिपेन्द्र जोशीको सभापतित्व तथा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष प्रशान्त श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एनभि युथ ग्रुपका अध्यक्ष प्रकाश नेपाली लगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो । साथै वडामा नवगठित ग्रुपले सामाजिक कार्यमा योगदान पुरयाएको भन्दै प्ररामर्श सेवा केन्द्रले समूहलाई प्रशंसा पत्र समेत प्रदान गरेको छ ।

Previous articleबिद्यालय राजनीतिक अखडा : संघमा सहभागि गराउन पार्टीलाई पत्र
Next articleनेपालगञ्ज कारागारमा एक कैदी मृत भेटिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here