पुर्व वडाअध्यक्ष शाह भेरी अस्पताल बिकास समितिकाे अध्यक्षमा मनाेनित

नेपालगन्ज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा वीरेन्द्र बहादुर शाह मनोनित हुनभएकाे छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन वर्षीय कार्यकालका लागि शाहलाई बिकास समितिकाे अध्यक्षमा मनोनित गरेको हो ।

गत जेष्ठ १२ गते प्रमोद धिताल नेतृत्वको बिकास समितिको पदावधि सकिएपछि अस्पताल विकास समिति पदाधिकारी विहीन थियो ।

नेपालगन्ज उपमहानगरपालिका वडा न-१३ का पुर्व वडाअधयक्ष समेत रहनुभएका शाहकाे नेतृत्वले अस्पतालमा रहेकाे बेथितीकाे अन्त्य गर्ने सर्वसाधारणले आशा गरेका छन् ।

Previous articleनेपालगञ्जको आर्थिक वर्ष २०८०/८१ को बजेट र नीति तथा कार्यक्रम पारित
Next articleकोहलपुरलाई हरित शहर बनाउन प्रदेश सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री चाैधरी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here