नेपालगञ्जको आर्थिक वर्ष २०८०/८१ को बजेट र नीति तथा कार्यक्रम पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट र गर्ने विषयहरु नीति तथा कार्यक्रममा समेटिएको छ ।

नीति तथा कार्यक्रममा आगामी २ बर्षभित्र १५ शैयाको आधारभूत अस्पताल सञ्चालनका लागि प्रदेश तथा संघीय सरकारसंग पहल गर्ने, ६० बर्ष पुगेका स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन एवम् सम्मानसहित विदाई गरिने, प्लाष्टिकको झोलाको प्रयोगलाई न्यूनीकरण गर्ने, हरित नेपालगञ्ज बनाउन सडकको दायाँबायाँ विरुवा रोप्ने, श्रम सूचना बैंक स्थापना, रोजगार मेला सञ्चालन गर्ने, रोजगारी सिर्जना गर्ने, सहकारीहरुको निरन्तर अनुगमन गरी नियमनको दायराभित्र ल्याइने, हामी सुधार्छौं हाम्रो सहकारी भन्ने विशेष अभियानमा सम्पूर्ण सहकारीकर्मीहरुलाई सामेल गराई सहकारीप्रतिको विद्यमान गुम्दो जनविश्वासलाई रोक्दै समृद्धि सम्भव छ सहकारीमार्फत भन्ने वातावरण निर्माण गर्दै लैजाने, कृषि उपजमा नेपालगञ्जलाई आत्मनिर्भर बनाउने, सामाजिक सुरक्षा भत्ता विद्युतीय प्रणाली (इउफटी) मार्फत उपलब्ध गराउने, सामुदायिक कुकुरलाई बन्ध्याकरण गरी आवश्यक व्यवस्थापन गरिने, सुशासन कायम गर्नका लागि हेल्प डेस्क, डिजिटल नोटिस बोर्ड, सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण लगायतका कार्यलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने, अतिक्रमण भएका सडकपेटीहरु खाली गराई व्यवस्थापन र अनुगमन गर्ने उल्लेख छ ।नगर प्रमुख विष्टले प्रस्तुत नीति तथा कार्यक्रम नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक, सामाजिक, मानवीय, पूर्वाधार लगायतको विकासका निम्ति कोशेढुंगा सावित हुने विश्वास ब्यक्त गर्नुभयो । आजको वैठकमा उपप्रमुख राई, वडा नम्बर १ का वडा अध्यक्ष एवम् प्रवक्ता प्रमोद रिजाल, वडा नम्बर १८ का वडा अध्यक्ष दीपककुमार बर्मा, वडा नम्बर २१ का वडा अध्यक्ष राजकुमार साहु, वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन र वडा नम्बर २ का वडा अध्यक्ष मनोजकुमार श्रेष्ठले बोल्नुभएको प्रमुख प्रशासकीय अधिकृत रिजालले जानकारी दिनुभयो । 

Previous articleएस.ई.ई.नतिजापछि विद्यार्थीलाई शिक्षककाे पत्र…
Next articleपुर्व वडाअध्यक्ष शाह भेरी अस्पताल बिकास समितिकाे अध्यक्षमा मनाेनित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here