बसपार्क राेडका व्यवसायी आन्दाेलित, उपमहानगरपालिका गेटमा धर्ना

बाँके । नेपालगन्ज बसपार्क राेडका व्यवसायीहरू आन्दाेलित भएका छन् ।

नेपालगन्ज शहरमा चल्ने सार्वजनिक सवारी साधान व्यवस्थित गर्नुपर्ने भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन ।

साे क्रममा व्यवसायीहरूले बुधबार नेपालगन्ज उपमहानगरपालिका गेटमा धर्ना दिएका छन् । यसअघि जिल्ला प्रशासन कार्यालय मार्फत व्यवस्थापनका लागि असाेज २२ गते बुझाएको ज्ञापनपत्रका बिषयमा सुनुवाइ नभएकाे बिराेधमा उनीहरूले बुधबार उपमहानगरपालिका गेटमा धर्ना दिएकाे बताएका छन् ।

उनीहरूले नेपालगन्ज शहरभित्र ११ वटा बिषयमा सधार गरेर सबैलाई बाँच्न पाउने अधिकार पुर्तिका लागि पहल थाल्न बाँकेका प्रमुख जिल्ला अधिकारीमार्फत जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, नेपालगन्ज उपमहानगरपालिका र नेपालगन्ज उधाेग वाँणिज्य संघलाई अनुराेध गरेका थिए ।

बुधबार धर्नाका क्रममा बाेल्दै ट्रेड युनियन महासंघ (टुकाेन) लुम्बिनी प्रदेश सभापति प्रेम बहादुर खत्रीले सवारीसाधन ताेकिएकाे ठाउँभन्दा फरक ठाउँबाट संचालन भईरहेकाेले कार्य व्यवस्थापन हुन नसक्दा बसपार्क राेडका व्यवसायीहरूेकाे व्यवसाय समस्यामा परेकाले निश्चित ठाउँबाट मात्रै संचालन हुनुपर्ने बताउनुभयो ।

त्यस्तै जमुनाहा नाकामा संचालन भईरहेकाे हाल्डिङ सेन्टर तत्काल बन्द गर्नुपर्ने नभए हाेल्डिङ सेन्टरबाट छुट्ने सवारीसाधन बसपार्क जानुपर्ने वा यात्रुहरूकाे गन्तव्यसम्म नै जानुपर्ने, पहुँच वा ठुला व्यवसायीकाे सवारीसाधन जुनसुकै स्थानबाट संचालन हुन पाउने कार्य बन्द हुनुपर्ने, जमुनाहा चाैकी क्षेत्रमा हुने गरेकाे बिकृतिलाई बन्द गर्नुपर्ने, कुनै पनि सवारीसाधनले सुरक्षाका मापदण्ड पुरा नगरेकाेले सबैले पूरा गर्नुपर्ने व्यवसायीकाे माग छ ।

Previous articleजनता आवास कार्यक्रम : बाढीपीडित र बिपन्नकाे घर निर्माण गरिँदै
Next articleनेपालगन्ज न्यूरोडस्थित पाण्डे फेन्सी पसलमा आगलागी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here