
बाँके । नेपालगन्जकाे न्यूराेडस्थित एक फेन्सी पसलमा आगलागी भएकाे छ ।
न्यूराेडस्थित पाण्डे फेन्सी कलेक्शनमा बुधबार साँझ ६ बजेतिर आगलागी भएकाे हाे ।
स्थानीयका अनुसार पसलबाट धुवाँकाे मुस्लो बाहिर देखिएपछि आगलागी भएकाे अनुमान गरेर प्रहरीलाई खबर गरेका थिए ।
संचालकले पसल बन्द गरेर गएकाे १५ मिनेटमै पसलबाट धुवाँकाे मुस्लो देखिएकाे थियाे । घट्नास्थलमा नेपाल प्रहरी र नेपालगन्ज बरूण यन्त्रकाे नियन्त्रण टाेलीले आगलागी नियन्त्रण गरिरहेकाे छ ।
आगलागीबाट पसलमा रहेका लुगा, कपडा जलेर नष्ट भएकाे छ । पसलमा लेडिज, जेन्स र बालबालिकाकाे कपडा रहेकाे स्थानीयले जनाएका छन् ।
घटनास्थलमा के कतिकाे क्षति भएकाे भएकाे हाे एकिन गर्न बाँकि रहेकाे प्रहरीले जनाएको छ ।





