यात्रुको स्वास्थ्यका लागि सावधानी अपनाउने व्यवसायीको प्रतिवद्धता

बाँके । यातायात व्यवसायी अगुवाले यात्रुहरुको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर सावधानी अपनाइने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कोरोना भाइरस(कोभिड १९) को बढ्दो संक्रमणले थलिएको यातायात क्षेत्र सञ्चालनमा आएपनि अनेकन अन्यौलता र जोखिम कायमै रहेको पाइएपछि सम्वाद समूह बाँकेले यातायात, स्वास्थ्य सुरक्षा सम्वद्ध सरोकारवालासँग बुधबार अन्तर सम्वाद गरेको हो ।

यातायात व्यवसायी अगुवा, यातायात मजदुर नेता, स्वास्थ्य, सुरक्षा निकायका प्रतिनीधीबीचको अन्तरक्रियात्मक सम्वादमा अधिकांस व्यवसायीले कोरोना संक्रमणको जोखिमबाट जोगिन र जोगाउन अपनाइनुपर्ने सावधानी लागु गरिएको दावी गरेका छन् ।

तथापी उनीहरुले राज्यका संयन्त्रहरुबाट पनि आवश्यक समन्वय र सहकार्यको आवश्यक्ता औल्याए । सहभागी वक्ताले यातायातका साधान र यात्रुहरुमा स्यानीटाइजर प्रयोग गर्ने सहज र प्रभावकारी बातावरण सिर्जनाका लाागि सामुहिक सहकार्यमा पनि जोड दिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले यातायात व्यवसायका अनेकन समस्यासँगै स्वास्थ्य जोखिम रहेकाले व्यवसायी र यात्रु स्वयं पनि सजग रहनु पर्ने बताउनु भयो । स्वास्थ्य सुरक्षाका लागि आपसी समन्वय र सहकार्य गर्न तयार रहेको प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नु भयो ।

भन्सारस्थित होल्डीङ सेन्टर अव्यवस्थित भइरहेको गुनासो सन्दर्भमा सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले सेन्टरको व्यवस्थापन गरेर यात्रुको सुरक्षालाई ध्यान दिइने विश्वास दिलाउनु भयो । बागेश्वरी यातायात प्रालिका अध्यक्ष मन प्रसाद आचार्यले यातायात सञ्चालनमा ल्याइएपनि अहिले घाटामा चलीरहेकोले सरकारले विशेष योजना ल्याइनु पर्ने आवश्यत्ता औल्याउनु भयो ।

नमस्ते नेपाल यातायात प्रालिका अध्यक्ष निरज चलाउनेले कोभीडले यातायात व्यवसाया हानी हात्र हैन थप क्षती हुने स्थिती आएको भन्दै सरकारले सार्वजनिक गरेको मौद्रीक नीति अनुसार अवीलम्व सहयोगको आग्रह गर्नु भयो । स्वास्थ्य सुरक्षाप्रति प्रतिवद्ध रहेपनि सवै पक्षबीच सहकार्य हुन जरुरी रहेको उहाँको भनाई थियो ।

जिल्ला ट्राफिक प्रहरी बाँके प्रमुख प्रहरी निरिक्षक राजु भण्डारीले यातायात स्वास्थ्य सुरक्षा मापदण्ड अनीवार्य पालना गर्नु पर्ने आवश्यक्तामा जोड दिनु भयो ।

अखील नेपाल यातायात मजदुर संघका अध्यक्ष प्रदिप छिनालले होल्डीङ सेन्टरकाकारण यातायात व्यवसायीवीच समस्या र विभेद उत्पन्न भइरहेको भन्दै सेन्टरको आवश्यत्ता नरहेको जीकीर गर्नु भयो ।

सम्वाद समूह बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाईद्धारा सहजीकरण गरिएको कार्यक्रममा वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरक्षक डिल्ली बहादुर खड्का, नागरिक यातायात प्रालिका अध्यक्ष दिपक शर्मा,नमस्ते कान्तीपुर प्राली अध्यक्ष थमान बहादुर रोकाय, शुभकाना सार्वजनिक यातायात प्रालिका निल बहादुर वली, भेरी बस व्ययवसायी प्रालिका चन्द्र वहादुर थापा लगायतले आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता र समन्वयको पाटोमा बोल्नु भएको थियो ।

Previous articleनेपालगन्ज न्यूरोडस्थित पाण्डे फेन्सी पसलमा आगलागी
Next articleदुर्गा पुजाका बिषयमा प्रशासन किन माैन ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here