बाँकेमा विश्व हात धुने दिवस मनाइयो

प्रहलाद विश्वकर्मा,
बाँके ।
“हातको सरसफाई सबैकालागि–साबुन पानी हात सधै साथसाथ” भन्ने मुल नाराका विश्व हात धुने दिवस मनाइएको छ ।

नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा, नेरेसो उपशाखा र स्थानीय तहको वडाहरुको सहभागितामा हात धुने प्रदर्शनी गर्नुका साथै पर्चा पम्पलेट वितरण गरिएको छ ।

कोभिड–१९ को संक्रमण रोकथामका लागि हरेक दिन पटक पटक २० सेकेन्डसम्म साबुन पानीले हात धुने, मास्क अनिवार्य लगाउने र सामाजिक दुरी कायम गरी राख्ने भन्ने सन्देश सबै स्थानमा प्रवाह गरिएको छ ।

देशभर एक महिना (१३ आश्विन देखि १४ कार्तिक) सम्म संचालन भईरहेको साबुन पानीले हात धुने अभिृयान बाँके पनि निरन्तरता दिएको छ । साथै कार्यक्रम संचालन भएको स्थानमा मास्क नलगाएका व्यक्तिहरुलाई मास्क वितरण र हात धुने अभ्यास समेत गराइएको थियो ।

नेपाल रेडक्रस सोसाइटी र युनिसेफ नेपालको साझेदारीमा संचालित कोभिड–१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रमको समन्वयमा स्थानीय तहको विभिन्न वडामा क्रियाशिल सहयोगी कार्यदलहरुको अगुवाईमा साबुन पानीले हात धुने अभियानका रुपमा बाँके जिल्लामा संचालन हुँदै आएको कुरा नेरेसो बाँके शाखाका मन्त्री अजीज अहमद सिद्दिकीले बताउनु भयो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, नेरेसो शाखा र उपशाखाका पदाधिकारी, सदस्य, कर्मचारी, स्थानीय बासी र बटुवाहरुको समेत सहभागिता रहेको थियो ।

Previous articleदुर्गा पुजाका बिषयमा प्रशासन किन माैन ?
Next articleनयाँ मापदण्ड निर्धारण : अब बिमा गरेकाकाे उपचार र परीक्षण खर्च बिमा रकमबाट काटिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here