नयाँ मापदण्ड निर्धारण : अब बिमा गरेकाकाे उपचार र परीक्षण खर्च बिमा रकमबाट काटिने

बाँके । काेराेना परीक्षणका लागि सरकारले नयाँ मापदण्ड तय गरेकाे छ ।

नयाँ मापदण्ड अनुसार निदानात्मक प्रयाेजनका लागि आर टि पि सि आर तथा रेपिड एन्टीजेन टेष्ट र सर्भिलेन्स तथा अनुसन्धान प्रयाेजनका लागि सेराेलाेजी टेष्ट विधि तय गरिएकाे हाे ।

त्यस्तै निःशुल्क परीक्षणका लागि पनि लक्षित समूह र बिधि निर्धारण गरिएकाे छ ।

आर्थिक रूपले बिपन्न, असक्त र असहाय अवस्थामा रहेका नागरिक, एकल महिला, अति अपाङ्गता भएका नागरिक, ज्येष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, सुरक्षाकर्मी लगायत जाेखिममा क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण वा चिन्ह देखिए मात्र निःशुल्क परीक्षण गरिनेछ ।

यस्तै यी व्यक्तिहरूले काेराेना बिमा कम्पनीबाट काेराेना बिमा गरेकाे भएमा परीक्षण र उपचार खर्च बिमाबाट काटिने छ ।

काेभिड-१९ परीक्षण निर्देशिकाकाे पाँचौ संस्करण २०७७ असाेज २७ मा जारी गरिएकाे सूचना अनुसार रेपिड एन्टिजेन परीक्षण समूह ताेकिएकाे छ ।

साे समूह अन्तर्गत मास स्क्रनिङ, तुरुन्तै नतिजा चाहिएकाे अवस्थामा ( जस्तै -अस्पताल ) र समूहगत आवासमा बस्ने व्यक्तिहरू (जस्तै-व्यारेक, जेल, छात्रावास र बृद्वाआश्रम आदि )परीक्षण गरिनेछ ।

नेपाल सरकार, मन्त्रिपरिषद्काे असाे १९ गते बसेकाे बैठककाे निर्णय अनुसार काेराेना परीक्षणका लागि नयाँ मापदण्ड बनाएकाे छ ।

पछिल्लो समय काेराेना संक्रमणकाे संख्या बढेसंगै उनीहरूको व्यवस्थापनमा समस्या बढेपछि नयाँ मापदण्ड तय गरेकाे जानकारहरू बताउँछन् ।

Previous articleबाँकेमा विश्व हात धुने दिवस मनाइयो
Next article“अपेक्षा फलकाे छैन, सधै कर्तव्य चिन्तन, आहुति प्राणकाे दिने, तिमिमा अभिनन्दन”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here