जिम हाउसको छत भत्किंदा ११ जनाको मृत्यु

एजेन्सी । चीनमा एक जिम हाउस भत्किँदा ११ जनाको मृत्यु भएको छ । उत्तरपूर्वी क्षेत्रमा पर्ने हेइलोङचियाङ प्रान्तको किकिहार शहरमा जिम हाउसको छत भत्किंदा त्यसमा च्यापिएर ११ जनाको मृत्यु भएको हो ।

सो क्षेत्रमा भएको अत्यधिक वर्षापछि छत भत्किएको थियो । छत भत्किने बेला जिम हाउसमा १९ जना थिए । चार जना जोगिन सफल भए पनि १५ जना भग्नावशेषमा च्यापिएका थिए ।

तीमध्ये ११ जनाको मृत्यु भएको र चार जना घाइते भएको बीबीसीले जनाएको छ । मृतकमध्ये धेरैजसो बालबालिका छन् । प्रहरीले जिम हाउस सन्चालकलाई पक्राउ परेको छ ।

Previous articleपतञ्जली योग समिति वडा १९ मा सितलचिनीको बिरुवा बितरण
Next articleचितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणबाट १२ जनाको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here