
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१९ मा दैनिक योग अभ्यास गर्न आउनेहरुलाई सितलचिनीको बिरुवा बितरण गरिएको छ ।
हरित अभियान्ता हेमन्त राज काफ्लेले आइतबार वडा नं-१९ मा योग अभ्यास गर्ने स्थलमा पुगेर योग अभ्यासीहरुलाई ५० वटा सो बिरुवा बितरण गर्नुभएको हो ।
सो कार्यक्रममा उपस्थित मोरिङ्गा फर लभ अमेरिकाका सिईओ प्याट्रीक चाउ र सिङ्गापुरकी जेस्मिन लिनिको उपस्थिति रहेको थियो ।
सो बितरणमा सिइओ प्याट्रीकले मोरिङ्गाको पातको फाईदाको बारेमा जानकारी दिनुभएको थियो । योग गुरु हिरा रावतले फाईदा गर्छ भन्ने त थाहा भएपनि यति धेरै भन्ने थाहा नभएको र आज मात्रै जानकारी पाएको प्रतिक्रिया दिनुभएको थियो ।
उहाँले फाईदाबारे जानकारी भएसँगै अब सधै प्रयोग गर्ने बताउनुभयो । स्वास्थका लागि योग जरुरी र स्वास्थ्य सुधार्न हाम्रो आहार व्यवहार नै सच्चाउनु पर्ने र यस्ता जडिबुटी सेवनले शरीर स्वस्थ हुने योग गुरु रावत धारणा राख्नुभएको थियो ।






