बाँकेकी किशोरी मिस टिन इण्डियाको ग्राण्ड फिनालेमा

नेपालगञ्ज । बाँकेकी एक किशोरी भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने एली क्लव मिस्टर एण्ड मिस टिन इण्डियाको ग्राण्ड फिनालेका लागि छनौंट हुनुभएको छ ।

१७ बर्षीया प्रेसुसिंह थारुले भारतको कानपुरमा पहिलो अडिसन र नयाँ दिल्लीमा भएको सेमिफाईनल चरण पार गर्दै ग्राण्ड फिनालेमा स्थान बनाउन सफल भएको आमा यामु बुढा क्षेत्रीले बताउनुभयो ।

ग्राण्ड फिनाले यहि अगस्त १९ तारिखमा आयोजना हुँदैछ । त्यसको तयारी अन्तर्गत करिब एकसाताको बन्द प्रशिक्षण समेत हुने भएको छ ।

नेपालगञ्जको आदर्श माविमा अध्ययनरत प्रेसु सानैदेखि नृत्यमा पनि उत्तिकै सौखिन हुनुहुन्थयो । उहाँले नेपालगञ्जमा भएको नेपालगञ्ज रन वे सिजन २ मा मष्ट ब्युटिफुल र बेष्ट ड्रेसको अवार्ड जित्न सफल हुनुभएको थियो ।

घर परिवारको साथ र सहयोगमा आफु विभिन्न प्रतियोगिता र इभेन्टमा सहभागी हुने गरेको प्रेसुको भनाई छ ।

Previous articleधुमधामका साथ मोहर्रमको ताजिया बिर्सजन
Next articleठाकुरबाबा-७ काे शिव सुन्दर माविलाई हात धुने स्थान हस्तान्तरण, दिगोरुपमा प्रयोग गर्न आग्रह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here