धुमधामका साथ मोहर्रमको ताजिया बिर्सजन

नेपालगञ्ज । बाँकेमा धुमधामका साथ मोहर्रम मनाइएको छ । दस दिनसम्म विविध कार्यक्रम गरेर मनाइने मोहर्रमको आज अन्तिम दिन, ताजिया विसर्जन गरि समापन गरिएको छ ।

मुस्लिम समुदायले घरघरमा स्थापना गरेका ताजिया सामूहिकरुपमा आज फुल्टेक्रा, पुरैनी लगायतका स्थानमा रहेको कर्बलामा विर्सजन गरिएको हो । नगरका विभिन्न भागबाट शुरु भएको ताजिया विसर्जन जुलुसले नगरको बिभिन्न भागको परिक्रमा गरेर स्थानीय कर्बलामा पुगेर ताजिया विसर्जन गरिएको छ ।

इस्लामिक नयाँ वर्ष ‘हिजरी सम्वत् १४४५ को १० औं तारिखका दिन मोहर्रम मनाउने गरिन्छ । मोहर्रम हिजरी सम्वतको पहिलो महिना हो । हिजरी सम्वतको ५ तारिखदेखि शुरु हुने मोहर्रमको १० औं दिन आज विशेष महत्वको हुने गर्दछ ।

इराकको कर्वला शहरमा पैगम्बर मोहम्मदका नाती ईमाम हुसैनसहित परिवारका अन्य सदस्य र अन्य शहीद भएको सम्झनामा मोहर्रम मनाउने प्रचलन रहेको छ ।

Previous articleदैलेखी समाज बाँकेको १८ औं स्थपना दिवसमा रक्तदान
Next articleबाँकेकी किशोरी मिस टिन इण्डियाको ग्राण्ड फिनालेमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here