प्रजातान्त्रिक उद्याेगी व्यवसायी समूहद्वारा बैजनाथका मतदातासँग भेटघाट

नेपालगन्ज । नेपालगञ्ज उद्याेग वाणिज्य संघकाे नयाँ नेतृत्वकाे लागि लागि चुनावी मैदानमा उत्रिएकाे साझा प्रजातान्त्रिक उद्याेगी व्यवसायी समूहले बैजनाथ गाउपालिकामा मतदाताहरूसँग भेटघाट गरेकाे छ ।

बैजनाथ अन्तर्गतका चादनी, सम्झना, जी गाउँ, चिसापानी क्षेत्रका व्यवसायीसँगकाे भेटघाटमा काेहलपुर क्षेत्रका उद्याेगी व्यवसायीहरूले समेत प्रजातान्त्रिक समूहलाई सहयाेगकाे लागि अपिल गरेका छन् ।

ललित राैनियार नेतृत्वकाे समूहलाई सहयाेगका लागि काेहलपुर क्षेत्रका प्रतिष्ठित व्यवसायी लक्ष्मणराज पाैडेल, चण्डी गैरे, शरद रेग्मी, मातृका सापकाेटा लगाएतका उद्याेगी व्यवसायीहरूले मतदाताहरूलाई सहयाेगकाे लागि अपिल गर्नुभ एकाे छ ।

मतदाता भेटघाटकाे क्रममा आफूहरूका साझा समस्या समाधान र व्यवसायिक हक हित सुनिश्चितताका लागि लाेकतान्त्रिक समूहलाई सहयाेग गर्ने बैजनाथ क्षेत्रका व्यवसायीहरूकाे धारणा आएकाले उत्साहित बनेकाे अध्यक्ष पदका उमेद्वार राैनियारले बताउनुभयाे ।

हाम्राे समूहलाई सहयाेग गर्न काेहलपुर क्षेत्रका प्रतिष्ठित उद्याेगी व्यवसायीहरू स्वत:स्फूर्त रूपमा घरदैलाे तथा मतदाता भेटघाटमा सरिक भएपछि हाम्राे समूहकाे जीत सुनिश्चित हुनेमा हामी विश्वस्त छाै, महासचिव पदका उमेद्वार टंक प्रसाद शर्माले भन्नुभयो ।

पछिल्लाे समय लाेकतान्त्रिक समूहले मतदाता भेटघाट तथा घरदैलाे अभियानलाई तिब्र पारिरहेकाे छ ।

आगामी भदौ २ गते हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि समुहको तर्फबाट ललितकुमार रौनियारको नेतृत्वमा १९ सदस्यीय प्यानल चुनावी मैदानमा उत्रिएकाे छ ।

प्यानलको तर्फबाट वाणिज्यतर्फको उपाध्यक्षमा विष्णु प्रसाद श्रेष्ठ, उद्योगतर्फको उपाध्यक्षमा मोहम्मद सफिक वेहना र महिला उपाध्यक्षमा करिश्मा योगीको उम्मेदवारी रहेकाे छ ।

त्यसैगरी महासचिवका लागि टंक प्रसाद शर्मा, उप-महासचिवका लागि टेकबहादुर खड्का र कोषाध्यक्षमा मख्खन बहादुर धामीसहित सदस्यहरुमा सुनिल भण्डारी, शिव प्रसाद दाहाल, विवेक कुमार श्रेष्ठ, सन्तोष कुमार पौडेल, युवराज ढकाल, प्रमोद कुमार अग्रबाल, पदम श्रेष्ठ, कैफुल वरा जोलाहा, अतुल कुमार गुप्ता, बलबहादुर बिष्ट यस्तै गरी एशोसियट सदस्यमा प्रदीपकुमार गुप्ता र पुरुषोतम अग्रवाललाई सो समुहले मैदानमा उतारेको छ ।

Previous articleसिआईजिपी र बास नेपालबिच सम्झौता
Next articleदुई वर्षदेखि फलामकाे सिक्रीमा बाँधिएका बाँसगढीका सुरेशकाे उद्वार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here