दुई वर्षदेखि फलामकाे सिक्रीमा बाँधिएका बाँसगढीका सुरेशकाे उद्वार

बर्दिया । बाँसगढी-९ खैरेनी बर्दियाका २२ बर्षिय सुरेश थापा । जो बिगत दुई बर्षदेखि फलामको सिक्रीमा बाँधिनुभएकाे थियाे ।

मानसिक समस्याबाट पीडित थापाले अस्वभाविक व्यवहार गर्दै समस्या सृजना गर्न थालेपछि उहाँलाई नियन्त्रणमा लिन परिवारले बाँधेर राख्ने गरेको थियो ।

जय बहादुर थापाका नाती हर्क बहादुर थापाका छोरा सुरेश अध्ययन गर्दा गर्दै मानसिक समस्या सृजना भएको थियो ।

मानसिक अस्वस्थ भएपछि घरमा नबस्ने, डुलिरहने, दौडिने, बस, ट्रक रोक्ने, झै-झगडा गरिरहने लगायतका समस्या देखिएपछि थापालाई नियन्त्रणमा लिन घर परिवारले फलामको जन्जिरले बाँध्ने गरेको थियो ।

कमजोर आर्थिक अबस्थाको उक्त परिवारमा सुरेशकी आमाको निधन भएपछि सुरेशमा समस्या बढेर गएको बताईन्छ ।

श्रीमतीको निधन भएपछि सुरेशका बुवाले दोश्रो बिहे गरेका थिए । सुरेशका बुवा रोजगारीको शिलशिलामा बिदेश रहेको, थापाको रेखदेख बृद्द बाजे, बज्यै र कान्छी आमाले गरिरहेका थिए ।

गरिबी, कामको बोझका कारण छोराको रेखदेख परिवारका लागि समस्या सृजना भईरहेको थियो । मानसिक रोगको उपचार गराई औषधि सेवन गराईरहे पनि सुरेशको मानसिक स्वास्थ्यमा सुधार आएको थिएन ।

थापाको यो अवस्थालाई नजिकबाट नियालीरहेका उक्त वडाका वडाध्यक्ष चन्द्र बहादुर शाहीको अनुरोध, बास नेपालका जनसम्पर्क अधिकृत माधब कार्की, कार्यकारी निर्देशक नमस्कार शाहको पहलमा मानव सेवामा समर्पित निलसागर सेवाश्रमको टोली निज निवासमा शुक्रबार अबेर राती पुगेको थियो ।

टोली घरमा पुगे लगत्तै गाउँका भद्र, भलाद्मी जम्मा भए, सबैको आग्रह बमोजिम थापाको उद्दार गर्ने योजना बन्यो, थापा पनि राजी हुनुभयाे ।

अन्ततः थापाको उद्दार गरि निलसागर सेवा श्रममा ल्याईएको छ । थापाको स्वास्थ्य अवस्था सुधार भएर पारिवारिक पुनर्मिलन हुने आशा निलसागर सेवाश्रमकी अध्यक्ष सरिता खनालले गर्नुभयाे ।

निलसागरका उपाध्यक्ष नारायण सुबेदीले थापाको उपचारका साथै मनोबिमर्श सेवा प्रदान गरि आश्रममा राख्ने बताउनुभयाे ।

Previous articleप्रजातान्त्रिक उद्याेगी व्यवसायी समूहद्वारा बैजनाथका मतदातासँग भेटघाट
Next articleकार दुर्घटनामा नेपालगन्जकाे त्रिभुवन चाेकका ६ जनाकाे मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here