सिआईजिपी र बास नेपालबिच सम्झौता

नेपालगन्ज । सुशासन स्थापनाका लागि क्रियाशिल संस्था सेन्टर फर ईनोभेटिभ गभरनेन्स प्रयाक्टिसेज (सिआईजिपी) र बास नेपाल बिच रणनीतिक साझेदारीका लागि सम्झौता भएको छ ।

बास नेपालको केन्द्रीय कार्यालय नेपालगन्जमा आयोजित समझदारी-पत्रमा हस्ताक्षर कार्यक्रममा दुईपक्षिय सम्झौता भएको हो ।

समझदारी-पत्रमा सिआईजिपीका कार्यकारी अध्यक्ष कृष्णहरि बास्कोटा र बास नेपालका केन्द्रीय कार्यबाहक अध्यक्ष शिव कुमार बर्माले हस्ताक्षर गर्नुभएकाे छ ।

समझदारी-पत्र आदानप्रदान गरिएको कार्यक्रममा बोल्दै सिआईजिपीका कार्यकारी अध्यक्ष तथा राष्ट्रिय सूचना आयुक्तका पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले देशमा सुशासन बाहलीका लागि कार्यरत संस्थाहरु बिच सहकार्य आवश्यक भएको बताउनुभयाे ।

सहकार्यको आवश्यकता महसुस गरि दुई संस्थाबिच रणनीतिक साझेदारी गरिएको उनले बताउनुभयाे ।

बास्कोटाले देशमा भएका सुशासनका असल अभ्यासहरुको प्रचार-प्रसार र भ्रष्टाचारको बिरोधका लागि दुई संस्था एक भएर काम गर्ने बताउनुभयाे ।

बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सन्चालन गरेको कार्यक्रममा स्वागत निबर्तमान अध्यक्ष रमेश सिटौलाले गर्नुभएकाे थियाे ।

Previous articleएथ्लेटिक्स संघ, बाँकेको अध्यक्षमा शाही चयन
Next articleप्रजातान्त्रिक उद्याेगी व्यवसायी समूहद्वारा बैजनाथका मतदातासँग भेटघाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here