नाईस अवार्ड-२०२३ बरिष्ठ पत्रकार झलक गैरैलाई प्रदान

नेपालगन्ज । सकारात्मक समाज निर्माणमा याेगदान पुर्याउनेलाई प्रदान गरिने नाईस अवार्ड-२०२३ यस पटक बरिष्ठ पत्रकार झलक गेरैलाई प्रदान गरिएकाे छ ।

नाईस नेपालगन्जकाे चाैथाे वार्षिकोत्सब तथा साधारणसभाकाे अवसरमा मंगलबार नेपाल पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्षसमेत रहनुभएका बरिष्ठ पत्रकार झलक गैरैलाई नगद दश हजारसहित नाईस अवार्ड-२०२३ प्रदान गरिएको हाे ।

समाजमा असल कार्य गर्ने, राम्राे कामकाे बढावा गर्ने व्यक्तिलाई प्रदान गरिने नाईस अवार्ड प्रतिनिधी सभा सदस्य डा.धवल शमशेर राणा लगायत अतिथिले गैरेलाई प्रदान गर्नुभएकाे थियाे ।यस्तै संस्थाकाे बिकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको भन्दै नाईस नेपालगन्जका संस्थापक अध्यक्ष नमस्कार शाहलाई सम्मानित गरिएको छ ।

नाईस नेपालगन्जका अध्यक्ष हेमराज भट्टकाे सभापतित्वमा भएकाे कार्यक्रममा संस्थालाई सहयाेग सहकार्य गर्ने सामाजिक अभियान्ता शिव कुमार बर्मा, हाेटेल सामर्थ ईनका प्रमुख सराेज चन्द, मलह्म पट्टीका कार्यकारी निर्देशक सुलभ आचार्य, राप्ती साेनारी तथा नरैनापुर गाउँपालिका, नेपालगन्ज उपमहानगरपालिका वडा न- २१ र ६ लाई प्रशंसा पत्र प्रदान गरिएको थियाे ।

Previous articleभुरीगाउँमा सिकाईका लागि उपयुुक्त वातावरण निर्माण विषयक अभिमुखिकरण
Next article´कन्जक्टिभाइटिस एनिडो भाइरस` सङ्क्रमण फैलिएपछि नेपालगञ्ज र खजुराका विद्यालय बन्द

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here