कोहलपुरमा संयुक्त अनुगमन, चार वटा फर्मलाई कारबाही

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाका स्वास्थ्य संस्थाहरुमा अनुगमन गरिएको छ । बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जद्धारा स्वास्थ्य संंस्थाहरुमा संयुक्त अनुगमन गरिएको हो ।

पछिल्लो समय प्रकोपको रूपमा देखिएको आँखा पाक्ने रोगको उपचारमा नागरिकलाई सहज र सुलभ रूपमा सेवा प्राप्त होस भन्ने उद्देश्यले गरिएको अनुगमनमा चार वटा स्वास्थ्य संस्थालाई कारबाही गरिएको छ ।

बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका सूचना अधिकारी देवीलाल चौलागाईका अनुसार क्रममा कोहलपुर नगर क्षेत्रका आँखा अस्पताल, क्लिनिक र अप्टिकल फर्महरुको अनुगमन गरिएको हो ।

सो क्रममा अनुचित व्यापारिक कृयाकलाप गर्ने चार वटा आँखा अस्पताल, क्लिनिक एवं अप्टिकल फर्मलाई कारबाही गरिएको कार्यालयले जनाएको छ ।

उनीहरुलाई कारबाही स्वारुप जनही २०/२० हजारका दरले तत्काल ८० हजार जरिवाना अनुसल गरिएको छ भने आवश्यक निर्देशन दिइएको सूचना अधिकारी चौलागाईले बताउनुभयो ।

Previous articleसबैको चाहना प्रजातान्त्रिक समूह : मतदाता
Next articleएक नाले भरूवा बन्दुकसहित काेहलपुरमा दुई जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here