एक नाले भरूवा बन्दुकसहित काेहलपुरमा दुई जना पक्राउ

नेपालगन्ज । बाँकेकाे कोहलपुरमा अवैध हतियारसहित २ जना पक्राउ परेका छन ।

ईलाका प्रहरी कार्यालयका अनुसार कोहलपुर नगरपालिका वडा नं-१३, सिम्री बस्ने ३८ वर्षीय शेर बहादुर खत्री र ३८ वर्षीय लाल बहादुर पजभैया पक्राउ परेका हुन् ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय, कोहलपुर बाँके र सब डिभिजन बन कार्यालय, कोहलपुर बाँकेबाट खटिएको संयुक्त टोलीले कोहलपुर नगरपालिका वडा नं-१३ सिम्रिबाट उनीहरूलाई पक्राऊ गरेको हो ।

उनीहरूबाट अवैध घरेलु हतियार थान-२ ( १ नाले भरुवा बन्दुक) फेला परेसंगै नियन्त्रणमा लिएर अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Previous articleकोहलपुरमा संयुक्त अनुगमन, चार वटा फर्मलाई कारबाही
Next articleसाझा प्रजातान्त्रिक समूहलाई मुस्लिम मतदाताको साथ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here