
नेपालगन्ज । बाँकेकाे खजुरा गाउँपालिका वडा न-७ स्थित जेठीनालामा बेपत्ता भएका १६ वर्षीय बालककाे शव फेला परेकाे छ ।
जेठीनालामा पाैडि खेल्ने क्रममा खजुरा वडा न-६ शान्तिनगरस्थित श्री जनकल्याण माध्यमिक विद्यालयकाे कक्षा ९ मा अध्ययनरत १६ वर्षीय बिकाश सुनार डुबेर बेपत्ता हुनुभएको थियाे ।
सुनार बेपत्ता भएलगत्तै ईलाका प्रहरी कार्यलय धनाैलीबाट खटिएको प्रहरी टाेलीले तीन दिनपछि शुक्रबार शव फेला पारेकाे हाे ।
प्रहरी कार्यालय धनाैलीका प्रमुख सन्दिप बेल्वासेकाे नेतृत्वमा सशस्त्र प्रहरी बल, नेपाल आर्मी उद्वार कार्यमा खटिएकाे थियाे ।
नालामा रहेकाे जामुनकाे रूखकाे जरामा शव अल्झिएकाे अवस्थामा फेला परेकाे प्रहरीले जनाएको छ ।





