नेपाल प्रेस युनियन बाँकेमा नयाँ नेतृत्व निर्वाचित

नेपालगन्ज । नेपाल प्रेस यूनियन बाँकेमा नयाँ नेतृत्व चयन गरिएको छ ।

नेतृत्वका लागि सर्वसहमतिकाे लामाे प्रयासपछि शनिबार राती भएकाे निर्वाचनले युनियन बाँकेकाे अध्यक्षमा प्रियास्मृति ढकाल निर्वाचित हुनुभएको छ ।

१२औं जिल्ला अधिवेशनले ढकालकाे नेतृत्वको प्यानलनै निर्वाचित भएकाे हाे ।

नवनिर्वाचित नेतृत्वकाे उपाध्यक्षमा कमल खत्री, उपाध्यक्षमा (महिला) नीशा शाह, सचिवमा भीष्म लोध, सहसचिवमा माया अधिकारी र कोषाध्यक्षमा खडक खत्री निर्वाचित हुनुभएको छ ।

यस्तै सदस्यहरुमा रामप्रसाद आचार्य, विक्रम बुढाक्षेत्री, समीर शाही, मार्शलराज सन्ज्याल, अनिल गौतम, आरती कट्टेल, लक्ष्मी गौडेल, सावित्री विश्वकर्मा, निर्मलाकुमारी थारु, सुविता थारु, अभिशेष गुप्ता, रवि कनोजिया, सलामत अली शेष, प्रेमसिंह एसके र सुकराम चिडिमार निर्वाचित प्रमुख निर्वाचन अधिकृत जनकबहादुर शाहीले जानकारी दिनुभयाे ।

Previous articleखजुरास्थित जेठीनालामा बेपत्ता सुनारकाे शव तीन दिनपछि फेला
Next articleबबई नदीमा डुबेर तीन युवक बेपत्ता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here