
नेपालगञ्ज । नेपाली कांग्रेस वडा कार्यसमिति, नेपालगञ्ज उपमहानगरपालिका १८ को आयोजनामा निःशुल्क आँखा शिबिर संचालन गरिएको छ ।
सोमबार संचालन गरिएको शिबिरमा दुई सय ५० बढीको आँखा परिक्षण सेवा प्रदान गरिएको छ ।
नेपालगन्ज आँखा अस्पतालको सौजन्यमा संचालन गरिएको शिबिरमा आँखा परिक्षण गरिएका र चश्मा आवश्यकता भएका बिरामीले २५ प्रतिशात छुटमा प्रदान गरिएको छ ।
यस्तै परिक्षण गरिएकामध्ये ५२ लाई थप उपचारका लागि रिफर गरिएको छ । अस्पतालका डा.बद्री श्रेष्ठले आँखा परिक्षण गर्नु भएको थियो ।
जगदिश कुर्मीको सभाध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस बाँकेका उपसभापति गोपाल अधिकारीको उपस्थिति रहेको थियो ।
त्यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य कृष्णा सापकोटा चौधरी, काँग्रेस वडा कार्य समितिका अध्यक्ष मंगल प्रसाद बर्मा (सानु), राजाराम सुवेदी लगायत सहभागी भएको कार्यक्रमको सञ्चालन वडाका सचिव नवराज शाह गर्नुभएको थियो ।





