विभिन्न समूहमा बाडिदैं साझा प्रजातान्त्रिक समूह मतदाताको घरदैलोमा

नेपालगञ्ज । साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले बिभिन्न क्षेत्रमा मतदाता भेटघाट गरेको छ । ललित कुमार रौनियार नेतृत्वको प्रजातान्त्रिक समूहको पक्षमा मतदान गर्न नेपालगञ्जका बिभिन्न क्षेत्रमा सोमबार मतदाता भेटघाट गरिएको हो ।

तीन समूहमा बिभाजन भएर संचालन गरिएको मतदाता भेटघाटका क्रममा मतदाताहरुले उम्मेदवारलाई स्वागत समेत गरेका छन् । उम्मेदवारसम्मिलित समूहले सोमबार कारकाँदो क्षेत्र, पुष्पलाल चोक, घरवारीटोल, धम्बोझी क्षेत्रमा मतदातासंग भेटघाट गर्दै मत मागेको छ । निर्वाचनको मिति नजिकिएसंगै प्रचार प्रसारमा तिब्रता दिएको प्रजातान्त्रिक समूहका उम्मेदवारले मतदाताबाट राम्रो प्रतिक्रिया मिलिरहेको महिला उपाध्यक्ष पदकी उम्मेदवार करिश्मा योगीले बताउनुभयो । मतदाताहरुको भेटमा उहाँहरुले आत्मियता प्रदान गर्नुभएको योगीको भनाई छ ।

प्रजातान्त्रिक समूहले दैनिक संघको सम्पूर्ण मतदाताहरुको घरमा पुगिरहेको छ । हाम्रो तर्फबाट सम्पूर्ण मतदाताहरुको घरदैलोमा पुग्ने योजनाअनुसार मतदाता भेटघाट कार्यक्रम चलिरहेको सदस्य पदका उम्मेदवार युवराज ढकालले जानकारी दिनुभयो ।

नेपालगञ्ज उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि यही भाद्र २ गते निर्वाचनको मिति तोकिएको छ । यस क्रममा नेतृत्वका लागि उम्मेदवार बनेका व्यक्तिहरु मत माग्न मतदाताहरुको घरदैलोमा पुगिरहेका छन् ।

Previous articleनेपालगञ्ज-१८ मा दुई सय ५० बढीको आँखा परिक्षण
Next articleप्रजातान्त्रिक समूहमा मतदानको आग्रह गर्दै महिलाहरुको घरदैलो अभियान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here