रुसमा एक पेट्रोल पम्पमा आगलागी हुँदा १२ जनाको मृत्यु

एजेन्सी । रुसमा एक पेट्रोल पम्पमा विष्फोटपछि आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । रुसको दक्षिणी क्षेत्रमा पर्ने डागेस्तानको पेट्रोल पम्पमा विष्फोट भएको हो ।

बीबीसीले केही बालबालिकासहित १२ जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ । केही गम्भीर घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

विष्फोटको कारण खुलेको छैन । स्थानीय सञ्चार माध्यमहरुले पेट्रोल पम्प नजिकै पार्किङ गरेको कारबाट आगलागी सुरु भएको पछि विष्फोट भएको जनाएका छन् ।

स्थानीय समयअनुसार राति ९ः४० बजेति सुरु भएको आगो नियन्त्रणमा लिन अग्नि नियन्त्रकहरुलाई तीन घण्टाभन्दा बढी समय लागेको थियो ।

Previous articleपश्चिममै पहिलो पटक मस्तिष्कको नसासम्बन्धी जटिल शल्यक्रिया सफल भएको दाबी
Next articleभवन निर्माणका लागि नेपाल प्रेस युनियन बाँकेलाई जग्गा प्राप्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here