धार्मिक पर्यटन प्रवर्द्धन गर्न गायत्री प्रज्ञा मन्दिर महत्वपूर्ण माध्यम हुन सक्छ : कृषि मन्त्री यादव

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका कृषि सहकारी तथा भूमि सुधार व्यवस्था मन्त्री भण्डारीलाल यादवले बाँकेमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न राझाँस्थित गायत्री प्रज्ञा मन्दिर महत्वपूर्ण माध्यम हुन सक्ने बताउनु भएको छ ।

मंगलबार बिहान बाँकेको राझाँस्थित गायत्री प्रज्ञा मन्दिरमा पुगेर मन्त्री यादवले श्रद्धालुहरुको प्रमुख गन्तव्यको केन्द्रका रुपमा उक्त मन्दिर विकसित हुन सक्ने औल्याउँदै उहाँले बाँकेमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न यो मन्दिर महत्वपूर्ण माध्यम हुने बताउनु भएको हो ।मन्त्री यादवले गायत्री मन्दिरको थप विकास र सुधारमा आफुले पनि सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभयो । सो अवसरमा मन्त्री यादवको मन्दिर व्यवस्थापन समितिले सम्मान गरेको थियो । उहाँले त्यसक्रममा मन्दिर परिसरभित्र अमलाको बिरुवा पनि रोपण गर्नुभयो ।

सो अवसरमा गायत्री मन्दिरका संरक्षक डाक्टर सूर्यलाल वर्मा ,अध्यक्ष डाक्टर विजय प्रधान, गायत्री जिल्ला समन्वय समितिका अध्यक्ष मनिष कर्माचार्य, गुरु श्रीराम दहित, आदर्श मावि राझाँका प्रधानाध्यापक प्रकाश आचार्य लगायतको उपस्थिति रहेको थियो ।

Previous articleनेपालगञ्जमा विपद प्रतिकार्यका लागि दक्ष स्वयंसेवक परिचालन निर्देशिका तयार
Next articleप्रजातान्त्रिक समूहप्रति मतदाताको रुझान बढ्दै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here