
नेपालगञ्ज । यही भदौं २ गतेका लागि तय भएको नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहप्रतिको रुझान बढ्दै गएको देखिएको छ ।
ललित कुमार रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले व्यक्त गरेका प्रतिबद्धता व्यवसायीक हित अनुकूल देखिएपछि मतदाताहरुको रुझान बढेको देखिएको हो ।
चुनावी प्रचार अभियान तीब्र बनाएको रौनियार समूहले आज रसायन तथा मेडिकल आपूर्ति संघ (केम्सन) बाँकेको पहिलो साधरणसभामा पुगेर आफ्नो चुनावी एजेण्डा समेत प्रस्तुत गरेको छ । र, त्यहाँ भेटिएका मतदाताहरुले सहयोगको प्रतिबद्धता जनाएका छन् ।
संघका अध्यक्ष पदका उम्मेदवार रौनियारले अहिले संघको गरिमा खस्कदै गएको र आर्थिक हिसावले पनि चुस्तदुरुस्त नदेखिएको पाइएकाले संघको गरिमा जोगाउन साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहका पक्षमा मत बदल्न आग्रह गर्नुभयो ।
उहाँले संघलाई गतिशील र चलायमान बनाउन आफ्नो पक्षमा सहयोग गर्न केम्सनका सदस्यहरुलाई आग्रह पनि गर्नुभयो । संघको निर्वाचनमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहका तर्फबाट उपाध्यक्ष (बाणिज्य) विष्णु प्रसाद श्रेष्ठ, उद्योग (बाणिज्य) सफिक वेहना, महिला उपाध्यक्षमा करिष्मा योगी, महासचिवमा टंक प्रसाद शर्मा, उप महासचिवमा टेक बहादुर खड्का, कोषाध्क्षमा मख्खन बहादुर धामी उम्मेदवार हुनुहुन्छ ।
यसैगरी सदस्य पदमा शिवप्रसाद दाहाल, अतुल कुमार गुप्ता, सुनिल भण्डारी, सन्तोष कुमार पौडेल, विवेक कुमार श्रेष्ठ, कैफुल वरा जोलाह, पदम श्रेष्ठ, युवराज ढकाल, प्रमोद कुमार अग्रवाल, बलबहादुर विष्ट (बबी) चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।





