महामारी शान्ति हेतु `यज्ञाहुति´

बाँके । महामारीको शान्ति हाेस भन्ने कामनासहित राँझास्थित गायत्री मन्दिरमा यज्ञाहुति गरिएकाे छ ।

आधुनिक बिज्ञानकाे युगमा बिभिध संम्भावना हुँदाहुँदै पनि काेराेना महामारीले सारा संसारमा जटिल र चुनाैतीपुर्ण अवस्था सृजना भएकाले धर्म आस्था अनुसार मलमासको अन्तिम दिन औंसीको अवसरमा महामारी शान्ति हेतु मन्दिरमा शुक्रबार बिहान ढाई घण्टा यज्ञाहुति गरिएकाे हाे ।

एक सचेत नागरिककाे युग धर्मानुसार काेभिड-१९ काे सुरक्षा उपाय अवलम्बन गरेर मन्दिरमा यज्ञाहुति गरिएकाे सहभागी मनाेजराजा श्रीवास्तवले जानकारी दिनुभयाे ।

ब्रह्मबर्चस शाेधसंस्थान, गायत्रीकुञ्ज, हरिद्वार वैदिक विधि र किटानाशक मन्त्रहरूका साथ यज्ञाहुति गरिएकाे आयाेजक गायत्री प्रज्ञा अभियान, अमिलाकुट्टी राँझाले जनाएकाे छ ।

जिल्लाकाे गायत्री, गाैशाला लगायत मन्दिर परिवारकाे सहभागितामा भएकाे यज्ञाहुतिमा सहभागी हुनेहरूलाई सावुनपानीले हात धुन लगाएर थर्मामिटरद्वारा ज्वराे जाँच गरिएकाे थियाे ।

Previous articleअवधी पत्रकार संघकाे भवन निर्माणका लागि जग्गाको नाप नक्सांकन
Next articleआधी घण्टाकाे फरकमा नेपालगन्जका दुई जनाकाे मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here