
नेपालगन्ज । बाँकेमा पहिलाे पटक हुन थालेकाे लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दाे प्रतियाेगिताकाे तयारी पूरा भएकाे छ ।
राप्ती साेनारी गाउँपालिकाकाे समन्वयमा सञ्चालन हुने प्रतियाेगितामा प्रदेशका १२ वटै जिल्लाका खेलाडी सहभागी हुने भृकुटी तेक्वान्दाे डाेजाङका संयाेजक उमा थापा थापाले जानकारी दिनुभयाे ।
भृकुटी तेक्वान्दो डाेजाङकाे आयाेजनामा मंसिर ५ र ६ गते हुने ´प्रथम लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियाेगिता` मा प्रदेशभरीका १ सय ४४ जना खेलाडी, १२ जना प्रशिक्षक, २१ जना रेफ्री, ४ जना ज्यूरी १० जना प्राविधिक सहभागी हुँदैछन् । प्रतियाेगिताअन्तर्गत मंसिर ४ गते ताैल मापन हुने प्रशिक्षक एवं प्रतियाेगिता संयाेजक चन्द्रप्रकाश श्रेष्ठले बताउनुभयाे ।
अगैयामा रहेकाे नेरा माविमा हुने प्रतियाेगिताकाे उद्घाटन गाउँपालिकाका अध्यक्ष तप्त पाैडेलले गर्ने आयाेजकले बताएका छन् ।
प्रतियाेगितामा पुम्से र गेरुगी दुई विधामा प्रतिस्पर्धा हुनेछ । तेक्वान्दो खेलकाे विकास र विस्तार गर्न, प्रदेशस्तरीय खेलाडी उत्पादन गर्न, युवामा अनुशासन र आत्मविश्वास बढाउन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियाेगिताका लागि खेलाडी तयार गर्न, खेलकुदमार्फत सामाजिक एकता र भाइचारा बढाउन प्रतियाेगिता आयाेजना गरिएकाे प्रशिक्षक श्रेष्ठले बताउनुभयाे ।
प्रतियाेगिताका लागि १५ लाख बजेट अनुमान गरिएकाे छ । प्रतियाेगिता सम्पूर्ण तयारी पूरा भएकाे आयाेजक भृकुटी तेक्वान्दो डाेजाङका संयाेजक थापाले बताउनुभयाे । प्रतियाेगितालाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि व्यवस्थापन, आर्थिक र प्राविधिकलगायत समिति बनाइएकाे छ ।






