
नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गर्नु भएको छ ।
कर्णाली प्रदेश स्थापना तथा शहिद दिवसको कार्यक्रम सकेर काठमाडौ फर्किने क्रममा अध्यक्ष शाहसहितको टोलीले सोमबार नेपालगन्जमा प्रधानमन्त्री प्रचण्डसँग भेट गरेकाे हाे ।
भेटका क्रममा अध्यक्ष शाहले नरैनापुरको शिक्षा, स्वास्थ्य, कृषि र विकास निमार्णका लागि बजेट बिनियोजन गर्न माग गर्नु भएको थियो ।
अध्यक्ष शाहका प्रेस विज्ञ आलम खानका अनुसार भेट सकारात्मक भएको र प्रधानमन्त्री प्रचण्डले नरैनापुरको विकासका लागि आवश्यक बजेटको व्यवस्था मिलाउने अध्यक्ष शाहसँग प्रतिबद्धता जनाउनु भएको छ ।
भेटमा अध्यक्ष शाहले प्रधानमन्त्रीसँग नरैनापुरको इलाका प्रशासन कार्यालय संचालनका लागि पहल गरी दिन समेत आग्रह गर्नु भएको थियो ।
प्रधानमन्त्री प्रचण्डलाई भेटन अध्यक्ष शाहसँगै नरैनापुर-४ का अध्यक्ष मनोज शर्मा, ५ का अध्यक्ष कृष्ण चन्द्र मौर्य, गाउँपालिका अध्यक्षका स्वकीय सचिव वृजेन्द्र यादव, लेखापाल प्रकाश अधिकारी लगायत रहनु भएको थियाे ।
प्रधानमन्त्री प्रचण्ड काठमाडौ जाने क्रममा सुर्खेतबाट नेपालगंज पुगेपछि नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एंव प्रतिनिधि सभा सदस्य पूर्ण सुबेदी, केन्द्रीय सदस्य एंव लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी नमूना, बाँकेका संयोजक नरेन्द्र पाण्डे लगायतले स्वागत गर्नु भएको थियो ।
यसैगरी प्रधानमन्त्री प्रचण्डले नेपालगंज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुलाई भेटेर बधाई ज्ञापन गर्नु भएको थियो ।





