लम्पी स्किन रोगको संक्रमण रोकथाम तथा उपचारको व्यवस्था मिलाउन माग

नेपालगन्ज । बाँकेलगायत देशैभरका पशुहरुमा फैलिएको लम्पी स्किन रोगको संक्रमणको रोकथाम तथा उपचारको व्यवस्था मिलाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

बाँकेका नागरिक समाजहरुको एक समुहले लम्पी स्किन रोगको उपचारको व्यवस्था तत्काल गर्न गराउन माग गरेको हो ।

सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीको नेतृत्वमा गाएको एक टोलीले बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो । 

बाँके जिल्लामा हालसम्म करिब दश हजार बढी पशुमा लम्पी स्किन रोगको संक्रमण देखिएको छ, भने करिब ४ दर्जन बढी पशुहरुको रोगले मृत्यु समेत भएको अवस्थामा पशुहरुमा तत्काल खोप तथा अन्य उपचारको व्यवस्था मिलाउन तत्काल माग गरेको ज्ञापनपत्रमा उल्लेख छ ।

संक्रमणका कारण दूधको उत्पादन घटनु तथा पशु संक्रमण मुक्त भएपनि पहिलेकै अवस्थामा नर्फकनुले किसान मारमा परेका छन । 

Previous articleकाेहलपुरमा नगर बिकासकाे अतिक्रमित जग्गा खाली गर्न सात दिनकाे अल्टिमेटम
Next articleजानकी गाउँपालिकाकाे स्वास्थ्य समीक्षा, विभिन्न स्वास्थ्य चाैकी सम्मानित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here