टी-२० सिरिजमा नेपालको दोस्रो जित

काठमाण्डौं । चार देशबीचको टी-२० सिरिजमा नेपालले लगातार दोस्रो खेलमा जित हात पारेको छ। बुधबार मलेसियाको बायुमास ओभलमा भएको खेलमा नेपालले कुवेतलाई ३४ रनले हराएको छ ।

यसअघि मंगलबार भएको आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको थियो । बधुबार टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर ८९ रन जोड्यो ।

नेपालका लागि विन्दू रावलले २० रन र इन्दू बर्माले २३ रन बनाउनुभयो । काजल श्रेष्ठले नटआउट १९ रनको योगदान दिनुभयो । बलिङमा कुवेतकी मरियमना हैदरले ४ विकेट लिनुभयो ।

९० रनको लक्ष्य पछ्याएको कुवेतले २० ओभरमा ८ विकेट गुमाएर ५५ रन मात्र जोड्न सक्यो । कुवेतकी जीफी जिलानीले ११ रन र खाजिदा खलिलले १० रन जोड्दा अन्य ब्याटर दोहोरो अंकमा रन नजोड्दै आउट हुनुभयो ।

बलिङमा नेपालकी इन्दू बर्माले ३ विकेट लिनुभयो भने खुसी डंगोलले २ विकेट हात पार्नुभयो । सिरिजमा अब नेपालले शुक्रबार आयोजक मलेसियासँग खेल्नेछ । त्यसपछि नेपालले आइसिसी महिला टी-२० विश्वकप एसिया छनोट खेल्नेछ ।

मलेसियामा हुने प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन् । नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र युएई समूह ‘ए’ मा छन् ।

प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा अगस्ट ३१ मा आयोजक मलेसियासँग खेल्नेछ । समूह ‘बी’ मा ५ टिम छन् । प्रतियोगिताबाट दुई टिम विश्व छनोटमा पुग्नेछन् ।

विश्वकप छनोटमा १० टिम सहभागी हुँदा २ टिमले सन् २०२४ मा बंगलादेशमा हुने महिला टी-२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।

Previous articleडुडुवाद्धारा कृषि मूल बीउ उत्पादन शुरु
Next articleदानवीर औतारदेईको ११ औं स्मृती दिवसमा विविध कार्यक्रम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here