दानवीर औतारदेईको ११ औं स्मृती दिवसमा विविध कार्यक्रम

नेपालगञ्ज । नेपालगञ्जमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा आफ्नो करोडौंको सम्पती दान गरेर उदाहरणीय बन्नुभएकी दानवीर स्व.औतारदेई कशौधन (चौधराइन)को ११ औं स्मृती दिवस विविध कार्यक्रम गरि मनाईएको छ ।

स्वर्गीय चौधराइनको भदौ ६ गते स्मृती दिवसको सन्दर्भमा आज भेरी अस्पतालमा उहाँको योगदानको बारेमा चर्चा गर्दै सम्झना गरिएको हो । विस १९५४ मा जन्मिनुभएकी चौधराइनको २०२८ भदौ ६ गतेका दिन निधन भएको थियो ।

अस्पताल परिसरमा रहेको चौधराईनको प्रतिमामा माल्यार्पण, प्रवचन र विरामीलाई फलफूल वितरण गरेर दिवस मनाइएको हो ।

स्व. चौधराईनले स्थानीय महेन्द्र बहुमुखी क्याम्पस, भेरी अञ्चल अस्पताल, नारायण मावि, जिल्ला स्वास्थ्य कार्यालयलाई जग्गा दान गरेर शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा पु¥याएको योगदानको स्मरण गर्दै औतार देई कशौधन (चौधराइन) सेवा प्रतिष्ठानले स्मृति दिवसको आयोजन गरेको हो ।कार्यक्रममा पुर्वमन्त्री मो.इस्तियाक राई, प्रदेश सांसद आदेश अग्रवाल, नेपालगञ्ज उपमहानगरपालिका उप प्रमुख कमरुद्धिन राई, भेरी अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्र शाह, प्रतिष्ठानका पुर्व अध्यक्ष नन्दलाल वैश्य लगायत अतिथीले औतार देइको दानको अभिलेखीकरण हुनुपर्ने आवश्यक्ता औल्याउँदै स्थायीत्व र स्मरणीय खालका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयाे ।

सोही अवसरमा अस्पतालका डेढ सय विरामीलाई फलफुल वितरण गरिएको थियो । औतार देई कशौधन (चौधराइन) सेवा प्रतिष्ठानकी अध्यक्ष रमारानी वैश्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो । प्रतिष्ठानले हरेक वर्ष समृति दिवसमा कार्यक्रम गर्दै आएको छ ।

Previous articleटी-२० सिरिजमा नेपालको दोस्रो जित
Next articleनेपालगञ्जमा ‘ट्यालेन्ट हन्ट अफ बाँके-२०२३’ हुँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here