नेपालगञ्जमा ‘ट्यालेन्ट हन्ट अफ बाँके-२०२३’ हुँदै

नेपालगञ्ज । नेपालगञ्जमा ट्यालेन्ट हन्ट अफ बाँके २०२३ हुन लागेको छ । केबि डान्स स्टूडियो रुपन्देहीको आयोजनामा यहि भदौ ९ गते नेपालगञ्जमा ट्यालेन्ट हन्ट अफ बाँकेको फाईनल फिनाले हुन लागेको हो ।

आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत फाईनल फिनाले नेपालगञ्जस्थित होटल बाटिकामा हुन लागेको जनाएको छ । कार्यक्रमकी संयोजक अन्जु रसाईलीले यस फिनालेमा तीन वटा बिधा रहेको जसमा डान्सिङ, सिङ्गिग र मोडलिङ रहेको जानकारी गराउनुभयो ।

यस्तै, कार्यक्रमका सहआयोजक सत्य नारायण चौधरीले नेपालगञ्जमा पहिलो पटक हुन लागेको ट्यालेन्ट हन्टमा स्थानीय कलाकारलाई प्लेटफर्म दिनका लागि आयोजना गर्न लागिएको बताउनुभयो ।

सम्मेलनमा जानकारी गराउदै उहाँले भन्नुभयो, ‘हामीले यसमा स्थानीय कलाकारलाई विषेश प्राथमिक्ता दिएका छौं । यसले स्थानीय कलाकारमा रहेको ट्यालेन्टलाई बाहिर ल्याउनका लागि ठूलो भूमिका खेल्नेछ ।’

होटल बाटिकाको प्राङ्गणमा हुन लागेको लाईभ कन्सर्ट राति ९ बजेदेखि १२ बजेसम्म गायक तथा मोडेल दुग्रेश थापा र गायक नरेश बुढाथोकीको जोडदार प्रस्तुति रहनेछ ।

आयोजक अनुसार डान्सतर्फको विजेतालाई २५ हजार, १५ हजार, १० हजार र ५ हजार राशीको नगद पुरस्कार दिईनेछ । अन्य दुई वटा विधाको विषयमा पुरस्कार आयोजकहरुबीच छलफल मै रहेको छ ।

यसअघि छनौट अडिसन अन्तर्गत दुई चरणमा निःशुल्क भएको थियो भने मेघा अडिसनमा ५ सय शुल्क निर्धारण गरिएको थियो । अडिसनमार्फत छनौट भएका ४० जना प्रतिस्पर्धीहरु फाईनलमा जाने आयोजकले जनाएको छ ।

आयोजकले ईन्ट्री शुल्क दुई सय रुपैँया निर्धारण गरेपनि विद्यार्थीको हकमा १५ प्रतिशत छुट गर्दै १ सय ७५ रुपैँया निर्धारण गरेको छ । यस लाईभ कन्सर्टमा नाईल खबर डटकम र ईश्रद्वा न्यूजले मिडिया पार्टनरको रुपमा साथ दिएका छन् ।

Previous articleदानवीर औतारदेईको ११ औं स्मृती दिवसमा विविध कार्यक्रम
Next articleसांसदीय विकास कोषको बजेट खर्च नगर्न सर्वोच्चको आदेश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here