
नेपालगञ्ज । बास नेपालको आयोजनामा ६ महिने मनोसामाजिक मनोबिमर्श तालिम बिहिवारदेखि नेपालगञ्जमा शुरु भएको छ ।
तालिमको उद्घाटन सत्रका प्रमुख अतिथि तथा नेपालगञ्ज उपमहानगरपालिकाकी पुर्ब उपप्रमुख उमा थापामगरले तालिम समय सान्दर्भिक रहेको बताउनुभयो । अहिलेको जल्दोबल्दो समस्या आत्महत्याको मुख्य कारण तनाव रहेको भन्दै तालिमबाट दक्ष जनशक्ति उत्पादन हुने अपेक्षा ब्यक्त गर्नुभयो ।
सिटीई भिटीको पाठ्क्रममा आधारित रहेर तालिम सञ्चालन गरिने प्रशिक्षक सुमन धिमालले जानकारी गराउनुभयो । मनोबिमर्शकर्ताको आवश्यक्ता रहेको बेला उत्पादित जनशक्तिले अभाव परिपुर्ति गर्ने उहाँको भनाई थियो । तालिममा समय ब्यवसथापन गर्न सहभागहिरुलाई अनुरोध गर्नुभयो ।
त्यसैगरी तालिमको उद्घाटन सत्रमा आफ्नो भनाई राख्दै फातिमा फाउन्डेसनकी अध्यक्ष मैमुना सिद्धिकीले एक घर एक काउन्सूलरको आवश्यक्ता रहेको बेला बास नेपालले तालिम आयोजना गरी सह्रायिन कार्य गरेको बताउनुभयो ।
बास नेपालका तालिम बिभाग प्रमुख रमेश सिटौलाको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन सत्रमा बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले स्वागत गर्नुभएको थियो भने कार्यकारी निर्देशक नमस्कार शाहले तालिमको उद्धेश्यमाथि प्रकास पार्नुभएको थियो ।
बासका निर्देशक हेमराज भट्टले सञ्चालन गरेको तालिममा १५ जनाको सहभागीता रहेको छ । साथै सोही कार्यक्रममा असल शासन मिडियाको आयोजनामा सम्पन्न आधारभुत कम्प्युटर तालिमका सहभागीहरुलाई प्रमाण पत्र बितरण गरिएको थियो ।





