कोरोनाले मुर्ति निर्माण कार्यमा कमि

नन्दलाल साहू, बाँके । हरेक वर्ष झैं यस वर्ष पनि नेपालगन्जको विभिन्न स्थानमा मुर्ति निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको छ ।

गाउँ, नगर गरि जिल्लामा प्रतेक वर्ष लगभग पाँच सय बढी मुर्तिहरुको स्थापना हुने गरेको छ । 

मुर्ति कलाकार सन्दीप वंशकारका अनुसार महिना दिन अगावैदेखि मुर्ति बनाउन शुरु गरिएकाे छ ।

परिवारका सात-आठ जनाले मिलेर  यस पटकको शरदिय नवरात्रीको बेलासम्म जम्मा ११ वटा मुर्ति बनाएकाे उहाँले बताउनुभयो ।

मुर्ति निर्माण कार्य लगभग पूरा हुने अवस्थामा छ । आर्डर अनुसारको गाउँ तथा नगरको गरि जम्मा यस पटक ११ वटा मुर्ति बनाउन सफल भएको कलाकार वंशकारले बताउनुभयाे ।

यसैगरी मुर्तिकार विनय लखेरका अनुसार यसपालिको मुर्ति निर्माणकार्यलाई कोरोनाकालले पनि प्रभावित गरेको छ ।कोरोनाले गर्दा यस पटक मुर्ति स्थापनामा कमि आउने बताउनुभयाे ।

मुर्तिकार लखेरका अनुसार विगतको वर्षहरुमा चार सयको हाराहारीमा सीमासंग जोडिएको भारतको विभिन्न स्थानबाट मुर्तिहरु आउने गरेको भएपनि यसपटक कोरोनाले गर्दा आउन पाएका छैनन् ।

मुर्ति भारतबाट आउन नपाए पनि यस पटक नेपालगन्जमा कोरोनाले कारण तचहल पहल कम भएकाे छ ।

आफुले यस पटक कुल २८ वटा मुर्ति निर्माण गरिरहेको उहाँले बताउनुभयो ।

लखेरका अनुसार आफ्नो यहाँ मुर्तिको मुल्य १५ हजारदेखि ४५ हजारसम्मको मुर्ति निर्माण कार्य भैरहेको जानकारी दिनुभयाे ।

उहाँ जस्तै जिल्लाका विभिन्न ठाउँहरूमा मुर्तिकारले मुर्ति निर्माण कार्य गरिरहेका छन । तर काेराेना महामारीका करण बिगतका वर्षभन्दा याे वर्ष मुर्ति निर्माणदेखि विभिन्न चाेक, गाउँमा मुर्ति स्थापना कार्य कम हुने देखिएको छ ।

Previous articleआधी घण्टाकाे फरकमा नेपालगन्जका दुई जनाकाे मृत्यु
Next articleबडादसैं आजदेखि सुरु, घटस्थापनाको शुभ साइत बिहान ११ : ४६ मा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here