तीजको अवसरमा महोत्सव तथा हस्तकला प्रदर्शनी

नेपालागञ्ज । नारी विकास केन्द्र बाँकेले तीजको अवसर पारेर तीज महोत्सव तथा हस्तकला प्रदर्शनी गर्ने भएको छ । नारी विकासले आफ्नै कार्यालयमा भदौ २२ गतेदेखि २४ गतेसम्म महोत्सव गर्ने भएको हो ।

नारी विकासले बुधबार पत्रकार सम्मेलन गर्दै साना महिला उद्यमीबाट उत्पादित वस्तुहरुको प्रचारप्रसार र प्रवद्र्धन गर्न उक्त महोत्सव आयोजना गर्न लागिएको जनाएको छ ।

महोत्सव संयोजक सुशीला गौतमले उद्यमशील महिलाहरुलाई प्रेरित गर्ने, तीज गीतको माध्यमबाट महिलाहरुलाई उद्यमी बन्न संदेश दिने र तीव पर्वको मौलिक सांस्कृतिकको जगेर्ना गर्ने उद्देश्यले कार्याक्रमको आयोजना गर्न लागिएको बताउनुभयो ।

‘हामीले यो प्रदर्शनीको माध्यमबाट घर-घरमा रहनु भएका साना महिला उद्यामीहरुले उत्पादन गरेको वस्तुहरुलाई बजारसम्म ल्याउने वातावरण गर्ने जमर्को गरेका हौं,’ संयोजक गौतमले भन्नुभयो ।

प्रदर्शनीमा २५ वटा स्टलहरुको व्यवस्था गरिएको छ । उक्त स्टलहरुमा महिलाहरुले उत्पादन गरेको फरक-फरक वस्तुहरु राखिनेछ । ‘हामी कुनै पनि दोहोरिने वस्तुहरु स्टलमा राख्दैनौं । सबै फरक-फरक हुन्छ,’ उहाँले भन्नुभयो ।

प्रदर्शनीमा राखिने सबै स्टलहरु निःशुल्क व्यवस्था गरिएको र प्रवेश शुल्क पनि निःशुल्क गरिएको आयोजकले जनाएको छ । प्रदर्शनीमा करिब २५ हजार जनाले अवलोकन गर्ने आकलन गरिएकोग गौतमले बताउनुभयो ।

Previous articleविद्युतको आन्तरिक खपत वृद्धिका लागि पूर्वाधारमा लगानी बढाउन जोड
Next articleप्रज्ञालयमा कृष्ण जन्माष्टमी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here