प्रज्ञालयमा कृष्ण जन्माष्टमी

नेपालगञ्ज । मेरो टुकी प्रज्ञालय स्कुलले कृष्ण जन्माष्टमी महोत्सव गरेको छ । प्रज्ञालयले जन्माष्टमीको दिन विविध कार्यक्रमहरु गरेर जन्माष्टमी मनाएको हो ।

उत्सवका लागि सबै बालबालिकालाई कृष्ण, राधा तथा महाभारतका विशेष पात्रका रुपमा सजाइएको थियो । उत्सवमा बालबालिकाहरुले संक्षिप्त कृष्णलीला प्रदर्शन गरेका थिए ।कार्यक्रममा बालबालिकाले पूजाआजा, कृष्ण भजनमा नृत्य, कृष्णलीला प्रदर्शनी र शान्तिपाठ गरेका थिए ।

कृष्णको जीवन चरित्र र लीला बालबालिका लागि अत्यन्त प्रेरणादायी हुने भएकोले सार्वजनिक विदा हुने भएतापनि प्रज्ञालयले हरेक वर्ष कृष्ण जन्माष्टमी भव्यतापूर्वक मनाउने गरेको प्रिन्सिपल कल्पना शर्माले बताउनुभयो ।

‘पुराण र इतिहासका प्रेरणादायी पात्रहरुमध्ये कृष्ण विशेष हुनुहुन्छ ।’ प्रिन्सिपल शर्माले भन्नुभयो,‘बालबालिकाले अभिनय र उत्सव गर्दागर्दै जीवनमा सत्कर्म, नृत्य, उमङ्ग र सनातन संस्कृति सिक्ने सबैभन्दा राम्रो अवसर जन्माष्टमी हो ।’

कृष्ण जन्माष्टमी महोत्सवमा बालबालिकाले वक्तृता, कविता, नृत्य, मन्त्रोच्चारण आदि गतिविधि गरेका थिए । नेपालगन्जको धम्बोझीस्थित प्रज्ञालयले पाठ्यक्रमसँगै वैदिक सनातन संस्कृति, ऐतिहासिक आदर्श परम्परा सिकाउन यसखाले विविध गतिविधि गर्दै आएको छ ।

Previous articleतीजको अवसरमा महोत्सव तथा हस्तकला प्रदर्शनी
Next articleमंसिर-९ मा नेपालगञ्ज दौडिन्छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here